अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी माओवादी केन्द्रबाट उम्मेदवार

बिआरटीनेपाल २०७४ मंसिर १४ गते १९:२९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन् । माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले आफ्नी बुहारी चुनावी प्रतिस्पर्धामा रहेको बताए । ‘मेरो छोरा र बुहारी यसअघि नै मसँग छुट्टिएर आफ्नै तरिकाले बसेका छन् । त्यसैले उनीहरु स्वतन्त्र हुन्’ यादवले भने ‘यो उनीहरुको व्यक्तिगत छनोट हो ।’

निर्वाचन कानुनले विचार, आस्था, विश्वास र पृष्ठभूमिका आधारमा सबै नेपाली नागरिकलाई चुनाव लड्ने अनुमति दिएको छ ।

तर आयोगका एक निर्वाचन आयुक्तले प्रमुख आयुक्तको बुहारीको उम्मेदवारीले चुनावसम्बन्धी निर्णय प्रभावित हुन सक्ने बताए । यादव माओवादी कोटाबाट प्रमुख निर्वाचन आयुक्त नियुक्त भएका हुन् ।

‘बुहारी मनोनयन हुनेबित्तिकै प्रमुख निर्वाचन आयुक्तले यस विषयमा सार्वजनिक जानकारी गराउनुपर्थ्यो । यसले निर्वाचन आयोगको पारदर्शिता र विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ’ ती निर्वाचन आयुक्तले भने ।आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू