अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

एमालेद्वारा उम्मेदवारमाथि हुने आक्रमण र विस्फोटका घटना रोक्न आग्रह

बिआरटीनेपाल २०७४ मंसिर १३ गते ९:४३ मा प्रकाशित

नेकपा (एमाले)ले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आइरहेका बेला उम्मेदवार केन्द्रित आक्रमण र विस्फोटलगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ ।

एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति जारी गर्दै निर्वाचन नजिक आइरहेका बेला उम्मेदवारमाथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गर्नुभएको हो ।

साथै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र मतदान हुन्छ भन्ने अनुभूति जनतामा गराउन सरकारसँग आग्रह गरिएको छ ।

पटक–पटक शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामीले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा केही दिनयता सुरक्षाकर्मीको ज्यानै जाने र उम्मेदवार आफैँ घाइते बन्नेजस्ता अत्यन्तै दुःखद् घटना घट्न पुगेको बताइएको छ ।

एमालेले सरकारले उम्मेदवारलगायत निर्वाचन सुरक्षा व्यवस्थामा उचित ध्यान दिन नसक्दा यस्ता दुःखद् घटना घटनुका साथै जनतालाई आतंकित पार्ने क्रियाकलाप बढिरहेको जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू