अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

लोकतान्त्रिक सरकार आवश्यक: अध्यक्ष थापा

बिआरटीनेपाल २०७४ मंसिर १३ गते ९:३६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वाधीनता, प्रेस स्वतन्त्रताको रक्षा र मौलिक हकको सुनिश्चितताका लागि लोकतान्त्रिक शक्तिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धन मकवानपुरद्वारा बकैया गाउँपालिकाको फापरबारी, बागमती गाउँपालिकाको राईगाउँ, बेतेनी र मन्थलीमा आज आयोजित छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दैै उहाँले बहुसङ्ख्यक नेपाली प्रजातान्त्रिक संस्कार र सरकारको चाहनामा रहेकाले वाम गठबन्धनका नाममा साम्यवादी पद्धतिलाई नेपाली जनताले अस्वीकार गर्ने बताउनुभयो ।

लोकतान्त्रिक शक्तिको आपसी समन्वयका साथ नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक सरकार अपरिहार्य भएको उल्लेख गर्दै उपप्रधान तथा ऊर्जामन्त्री थापाले लोकतान्त्रिक शक्तिको नेतृत्वबाट नै मुलुकको समृद्धि र बाह्य शक्तिको हस्तक्षेपलाई नियन्त्रण गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै काँग्रेसका नेता एवं पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले राष्ट्रिय अखण्डतालाई संबद्र्धन, संसदीय प्रजातन्त्रलाई दिगो रूपमा जनताको माझमा व्यवस्थापन गर्न काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक शक्तिलाई मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै काँग्रेसका नेता रामचन्द्र अर्याल, धर्मराज लामिछाने र राप्रपाका केन्द्रीय सदस्यद्वय दीपक सिंह र मधु अधिकारीले संविधान कार्यान्वयन गर्ने क्रममा निर्वाचन आवश्यक रहेको, केही राजनीतिक दलहरूले गराइरहेको हिंसात्मक गतिविधिलाई नियन्त्रणमा राख्नुपर्ने धारणा राख्नुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू