अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते

बिआरटीनेपाल २०७४ मंसिर १३ गते ३:५६ मा प्रकाशित

चितवनको फिस्लिङमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।   काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो ।

ज्यान जानेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान जानेमध्ये दुईजना महिला र चारजना पुरुष छन् ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइदै छ ।

बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको छ । बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर अनियन्त्रित भएर त्रिशूलीमा खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू