अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

गोरखामा किन खस्यो ६५.३७ प्रतिशत मात्र मत ?

बिआरटीनेपाल २०७४ मंसिर १२ गते १९:२० मा प्रकाशित

आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा गोरखामा जम्मा ६५.३७ प्रतिशत मत मात्र खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल एकलाख ८९ हजार ४४८ मतदाता मध्ये एकलाख २३ हजार ७८१ जनाले मात्र मतदान गरेका हुन् ।

क्षेत्र नं. १ मा ९८ हजार ६२२ मतदातामध्ये ६४.५६ प्रतिशत र क्षेत्र नं. २ मा ६६.१८ प्रतिशत खसेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार क्षेत्र नं. १ मा ६३ हजार ६७३ मत खसेको छ भने क्षेत्र नं. २ को ९० हजार ८२६ मतदातामध्य ६० हजार २०९ जनाले मात्र मत जाहेर गरेका सापकोटाले जानकारी दिए ।

यसअघि स्थानीय निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने सातप्रतिशत मत कम खसेको हो । स्थानीय निर्वाचनमा भन्दा यसपटक २० हजार मतदाता संख्या बढेपछि मत प्रतिशत भने घटेको छ ।

स्थानीय नेता नहुनु :

स्थानीय तह निर्वाचनमा ७२ मत खसेको तथ्यांक छ । यसपटक स्थानीय नेता उम्मेद्वार नभएकाले मतदानमा सहभागिता कम भएको विश्लेषण गरिएको छ । ‘स्थानीय तहको निर्वाचनमा गाउँकै उम्मेद्वार हुन्छन् । उनीहरुले धेरैभन्दा धेरै मतदातालाई उपस्थित गराउँछन्’ अधिवक्ता स्थानेश्वर दुवाडीले भने ‘तर अहिले स्थानीय नेता भएनन् ।

त्यसैले मतदाताले खासै उत्साह देखाएनन् ।’ गोरखा १ बाट मुख्य प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका चीनकाजी श्रेष्ठ, र बाम गठबन्धनबाट माओवादी केन्द्रका हरि अधिकारी उम्मेद्वार थिए । त्यस्तै प्रदेश क बाट लोकतान्त्रिक गठबन्धनबाट धिरन थापा र बाम गठबन्धनबाट लेखबहादुर थापा मुख्य प्रतिष्पर्धी थिए । त्यस्तै गोरखा २ बाट प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र बामपन्थी गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेद्वार छन् ।

त्यस्तै प्रदेश कबाट लोकतान्त्रिक गठबन्धनबाट नयाँशक्तिका हरिशरण आचार्य र बामगठबन्धनबाट माओवादी केन्द्रकी कमला नहर्की उम्मेद्वार छन् । ख बाट लोकतान्त्रिक गठबन्धनका प्रकासचन्द्र दवाडी र बाम गठबन्धनबाट अमर तमु प्रतिष्पर्धामा छन् ।

गठबन्धन :
रोजाइको उम्मेद्वार र रोजाइको चुनावचिन्ह नपाएका कारण पनि कतिपय मतदाता मतदानमा सहभागी नभएको विश्लेषण गरिएको छ । नेपाली काङ्ग्रेसका सभापति हरिबहादुर घलेका अनुसार गठबन्धनका कारण मत कम खसेको हो । ‘आफ्नै पार्टीको उम्मेद्वार पाएनन् । अर्को पार्टीको उम्मेद्वारलाई भोट दिन कसैले चाहे, कसैले चाहेनन्’ घलेले भने ‘कोही उम्मेद्वार नचिनेका, कोही उम्मेद्वार मन नपरेका भएर पनि मतदान गर्न नगएका होलान् भन्ने लाग्छ ।’ प्रत्यक्षमा आफ्नो पार्टीको चुनाव चिन्ह नपाएपछि कतिपयले समानुपातिकमा मात्र मत दिएर फर्केको पनि कतिपयको विश्लेषण छ ।

कार्यब्यस्तता 
मङ्सीर महिना बाली भित्र्याउनु पर्ने महिना भएकाले मतदाता संख्या कम भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज चुडामणि खड्का बताउँछन् । ‘कृषिप्रधान देश, सबै किसानहरु बाली भित्र्याउने काममा ब्यस्त भएकाले पनि मत कम खसेको हुनुपर्छ’ खड्काले भने ‘चुनावको दिनमा सार्बजानिक विदा भएन । त्यसैले पनि पेशा, ब्यबसाय गर्नेहरु विदा लिएर भोट हाल्न नआएका हुनसक्छन् ।’
‘कसैले स्कूलले विदा दिएन भन्छन्, कसैले बैंकले विदा दिएन भन्छन्’ विवेकशील साझा पार्टीका उम्मेद्वार नवराज थापा भन्छन् ‘यसमा निर्वाचन आयोगले ध्यान पुर्‍याउनु पथ्र्यो । त्रुटी भयो । आउँदा चुनावहरुमा ध्यान पुर्‍याउनु पर्छ ।’

गोरखा : आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा गोरखामा जम्मा ६५.३७ प्रतिशत मत मात्र खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल एकलाख ८९ हजार ४४८ मतदाता मध्ये एकलाख २३ हजार ७८१ जनाले मात्र मतदान गरेका हुन् ।

क्षेत्र नं. १ मा ९८ हजार ६२२ मतदातामध्ये ६४.५६ प्रतिशत र क्षेत्र नं. २ मा ६६.१८ प्रतिशत खसेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार क्षेत्र नं. १ मा ६३ हजार ६७३ मत खसेको छ भने क्षेत्र नं. २ को ९० हजार ८२६ मतदातामध्य ६० हजार २०९ जनाले मात्र मत जाहेर गरेका सापकोटाले जानकारी दिए ।

यसअघि स्थानीय निर्वाचनमा ७२ प्रतिशत मत खसेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने सातप्रतिशत मत कम खसेको हो । स्थानीय निर्वाचनमा भन्दा यसपटक २० हजार मतदाता संख्या बढेपछि मत प्रतिशत भने घटेको छ ।

स्थानीय नेता नहुनु :

स्थानीय तह निर्वाचनमा ७२ मत खसेको तथ्यांक छ । यसपटक स्थानीय नेता उम्मेद्वार नभएकाले मतदानमा सहभागिता कम भएको विश्लेषण गरिएको छ । ‘स्थानीय तहको निर्वाचनमा गाउँकै उम्मेद्वार हुन्छन् । उनीहरुले धेरैभन्दा धेरै मतदातालाई उपस्थित गराउँछन्’ अधिवक्ता स्थानेश्वर दुवाडीले भने ‘तर अहिले स्थानीय नेता भएनन् ।

त्यसैले मतदाताले खासै उत्साह देखाएनन् ।’ गोरखा १ बाट मुख्य प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनबाट काङ्ग्रेसका चीनकाजी श्रेष्ठ, र बाम गठबन्धनबाट माओवादी केन्द्रका हरि अधिकारी उम्मेद्वार थिए । त्यस्तै प्रदेश क बाट लोकतान्त्रिक गठबन्धनबाट धिरन थापा र बाम गठबन्धनबाट लेखबहादुर थापा मुख्य प्रतिष्पर्धी थिए । त्यस्तै गोरखा २ बाट प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र बामपन्थी गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेद्वार छन् ।

त्यस्तै प्रदेश क बाट लोकतान्त्रिक गठबन्धनबाट नयाँशक्तिका हरिशरण आचार्य र बामगठबन्धनबाट माओवादी केन्द्रकी कमला नहर्की उम्मेद्वार छन् । ख बाट लोकतान्त्रिक गठबन्धनका प्रकासचन्द्र दवाडी र बाम गठबन्धनबाट अमर तमु प्रतिष्पर्धामा छन् ।

गठबन्धन :
रोजाइको उम्मेद्वार र रोजाइको चुनावचिन्ह नपाएका कारण पनि कतिपय मतदाता मतदानमा सहभागी नभएको विश्लेषण गरिएको छ । नेपाली काङ्ग्रेसका सभापति हरिबहादुर घलेका अनुसार गठबन्धनका कारण मत कम खसेको हो । ‘आफ्नै पार्टीको उम्मेद्वार पाएनन् । अर्को पार्टीको उम्मेद्वारलाई भोट दिन कसैले चाहे, कसैले चाहेनन्’ घलेले भने ‘कोही उम्मेद्वार नचिनेका, कोही उम्मेद्वार मन नपरेका भएर पनि मतदान गर्न नगएका होलान् भन्ने लाग्छ ।’ प्रत्यक्षमा आफ्नो पार्टीको चुनाव चिन्ह नपाएपछि कतिपयले समानुपातिकमा मात्र मत दिएर फर्केको पनि कतिपयको विश्लेषण छ ।

कार्यब्यस्तता 
मङ्सीर महिना बाली भित्र्याउनु पर्ने महिना भएकाले मतदाता संख्या कम भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज चुडामणि खड्का बताउँछन् । ‘कृषिप्रधान देश, सबै किसानहरु बाली भित्र्याउने काममा ब्यस्त भएकाले पनि मत कम खसेको हुनुपर्छ’ खड्काले भने ‘चुनावको दिनमा सार्बजानिक विदा भएन । त्यसैले पनि पेशा, ब्यबसाय गर्नेहरु विदा लिएर भोट हाल्न नआएका हुनसक्छन् ।’
‘कसैले स्कूलले विदा दिएन भन्छन्, कसैले बैंकले विदा दिएन भन्छन्’ विवेकशील साझा पार्टीका उम्मेद्वार नवराज थापा भन्छन् ‘यसमा निर्वाचन आयोगले ध्यान पुर्‍याउनु पथ्र्यो । त्रुटी भयो । आउँदा चुनावहरुमा ध्यान पुर्‍याउनु पर्छ ।’

राजनीतिक वितृष्णा 
अधिवक्ता स्थानेश्वर दुवाडीका अनुसार यसअघि विजयी भएर गएका नेताले गरेको कामप्रति असन्तुष्ट भएकाले मतदातामा नैराश्य छाएको छ । ‘यसअघि जिताएर पठाएका जनप्रतिनिधिले के काम गरे र अब कसलाई जिताएर के हुन्छ ? भन्ने मतदाताको मनमा परेको छ’ दुवाडीले भने ‘अर्को कुरा नयाँ पुस्तामा राजनीतिक वितृष्णा छ । काम प्रेमी छन् । त्यसैले काम छाडेर भोट हाल्न नआएका हुन्।’

चुनावको दिनमा यातायातका साधन बन्द हुने कारणले पनि मतदाता घटेका हुन् । मतदान गरेर आ-आफ्नो गन्तब्यमा जान पाउने भए मतसंख्या बढ्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् । उनका अनुसार निर्वाचन आयोगले मतदाता नामावलीमा एकै परिबारका कोही सदस्यको नाम एउटा केन्द्रमा अर्को सदस्यको नाम अर्को केन्द्रमा पारेकाले पनि मतदाता घटेका हुन् ।
बहिष्कारवादीको गतिबिधिबाट त्रसित भएकाले पनि कतिपय मतदाता मतदानमा सहभागी नभएको बताइएको छ ।

अधिवक्ता स्थानेश्वर दुवाडीका अनुसार यसअघि विजयी भएर गएका नेताले गरेको कामप्रति असन्तुष्ट भएकाले मतदातामा नैराश्य छाएको छ । ‘यसअघि जिताएर पठाएका जनप्रतिनिधिले के काम गरे र अब कसलाई जिताएर के हुन्छ ? भन्ने मतदाताको मनमा परेको छ’ दुवाडीले भने ‘अर्को कुरा नयाँ पुस्तामा राजनीतिक वितृष्णा छ । काम प्रेमी छन् । त्यसैले काम छाडेर भोट हाल्न नआएका हुन्।’

चुनावको दिनमा यातायातका साधन बन्द हुने कारणले पनि मतदाता घटेका हुन् । मतदान गरेर आ-आफ्नो गन्तब्यमा जान पाउने भए मतसंख्या बढ्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत बताउँछन् । उनका अनुसार निर्वाचन आयोगले मतदाता नामावलीमा एकै परिबारका कोही सदस्यको नाम एउटा केन्द्रमा अर्को सदस्यको नाम अर्को केन्द्रमा पारेकाले पनि मतदाता घटेका हुन् ।
बहिष्कारवादीको गतिबिधिबाट त्रसित भएकाले पनि कतिपय मतदाता मतदानमा सहभागी नभएको बताइएको छ ।यो समाचार शिव उप्रेतीले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू