अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत: सिटौला

बिआरटीनेपाल २०७४ मंसिर १२ गते ९:२५ मा प्रकाशित

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बम पड्काएर उम्मेदवार र समाजलाई आतंकित पार्ने कार्य गलत भएको बताउनुभएको छ ।

झापाको सदरमुकाम भद्रपुर १० स्थित सिटौला निवासमा सोमबार राति अज्ञात समूहले बम विस्फोटन गराएपछि आज पत्रकारले राखेको जिज्ञासामा उहाँले भन्नुभयो, “चुनाव बिथोल्ने समूहले देशभर नै जुन किसिमको बम विस्फोट गराउने कार्य गराइरहेको छ, त्यो कार्य गलत हो ।”

काँग्रेसबाट झापा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका काँग्रेसका पूर्वमहामन्त्री सिटौलाले भन्नुभयो –“यो निर्वाचन जनता र संविधान कार्यान्वयनको पक्षमा रहेकोले यसलाई प्रभावित पार्ने सक्रिय समूहलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्छ ।”

यसैबिच, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुन अब नौ दिन मात्र बाँकी रहँदा काँग्रेसले चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको छ ।

चुनाव प्रचारप्रसारअन्तर्गत काँग्रेसले क्षेत्र नं २ प्रदेशसभा (ख) अन्तर्गत अर्जुनधारा–१ स्थित सिस्ने–मङ्गलबारे र बुद्धशान्तिको तामामझुवा र बुद्धशान्ति–२ पूलचोकमा कोणसभा सम्पन्न गरेको जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू