अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

लामो समयको राजनीतिक दुर्दशा अन्त्य हुने छः पोखरेल

बिआरटीनेपाल २०७४ मंसिर ९ गते ६:५३ मा प्रकाशित

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशमा लामो समयदेखि चल्दै आएको राजनीतिक दुर्दशाको अब चाँडै अन्त्य हुने जिकिर गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र नं ५ को चुनावी भेलाअन्तर्गत आज गैरीधारामा आयोजित कार्यक्रमलाई सम्बोधन गदै उहाँले प्रत्येक छ छ महिनामा सरकार बनाउने र गिराउने राजनीतिक संस्कारको अन्त्य नभई मुलुक नयाँ शिराबाट अघि नबढ्ने बताउनुभयो । ‘‘राजनीतिक अस्थिरताकै कारण मुलुक अस्तव्यस्त भएको छ’’, उहाँले भन्नुभयो, ‘‘अबको एक महिनापछि दुई तिहाइ बहुमतसहितको वामपन्थी नेतृत्वमा सरकार बन्ने र परिणाम निकाल्ने गरी काम गर्दछौँ ।’’

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका पोखरेलले राजनीतिक स्थिरतामा मात्रै राजनीतिक नेतृत्वको योग्यताको सही मापन हुनेछ भन्दै वाम गठबन्धनले बहुमत प्राप्त गरी एक महिनाभित्र सरकार बनाएपछि जनताले अनुभूत हुने गरी काम गरेर देखाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ ५ प्रदेशसभा कमा उम्मेदवार नारायण सिलवालले जनताको शिर उँचो पार्ने गरी आफूले काम गर्ने बताउनुभयो । सो अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा नंं ५ का नेपाली काँग्रेसका नेता निरन शाह ठकुरी र मुकुन्द सापकोटा एमालेमा प्रवेश गर्नुभएको छ । नवप्रवेशीलाई महासचिव पोखरेल र निर्वाचन परिचालन कमिटीका संयोजक तथा पार्टी केन्द्रीय सदस्य सूर्य थापाले टीका लगाई प्रवेश गराउनुभएको हो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू