अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

चुनावका कारण सुदूरपश्चिम महोत्सव सर्यो

बिआरटीनेपाल २०७४ मंसिर ८ गते ३:१७ मा प्रकाशित

हरेक वर्ष मंसिर २२ गतेदेखि पुस २ गतेसम्म यहांँ हुँदै आएको ‘सुदूरपश्चिम महोत्सव’ यसवर्ष मंसिर २९ गतेबाट शुरु हुने भएको छ । महोत्सवको आयोजक कैलाली उद्योग वाणिज्य संघले आज गरेको पत्रकार सम्मेलन गरी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने भएकाले महोत्सव एक हप्तापछि सारिएको जनाएको छ ।

संघका अध्यक्ष शंकर बोगटीले चुनाव जस्तो महत्पूर्ण कार्यक्रमलाई ध्यान दिई यसवर्ष मंसिर २९ गते महोत्सव शुरु गर्ने गरी तयारी शुरु गरिएको जानकारी दिनुभयो । ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ नारा तय गरिएको उक्त महोत्सवमा २५० वटा कक्ष रहनेछ । उद्योग वाणिज्य संघको पहलमा २०६३ सालदेखि महोत्सव आयोजना हुँदै आएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू