अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

नेपालको ग्रामिण क्षेत्रमा स्वास्थ्य चौकी संचालन गर्नको लागी अमेरिकन महिलाहरुद्वारा ‘रेस टु द रक’

बिआरटीनेपाल २०७४ मंसिर ३ गते ३:३० मा प्रकाशित
 यही नोभेम्बर २३ तारिख अमेरिकाको ठुलो पर्ब थ्यांक्स गिभिंग डे का दिन  अमेरिकाको राजधानी वाशिंगटन डिसीमा अमेरिकन महिलाहरुको सक्रियतामा  नेपालको ग्रामिण क्षेत्रमा स्वास्थ्य क्लिनिक संचालन गर्नको लागी पैदल यात्रा  रेस टु द रक गरेर फन्ड राईजिङ्ग कार्यक्रम गरिने भएको छ।  
 
राजधानी वाशिंगटन डिसी देखी सिर्फ १५ मिनेटको दुरीमा रहेको म्यारिल्याण्डको बेथस्दा सिटीमा  थ्यांक्स गिभिंग डे का दिन पैदल यात्रा वाक फर रेस गर्ने, चित्रकला, टाट्टु, राफल चिट्ठा, नेपाली खाना आदीका स्टलहरु अमेरिकन महिलाहरुले संचालन गर्नेछन्।   नेपालको लागी अमेरिकन महिलाहरुले आयोजना गर्ने यो रमाईलो कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्दैन निशुल्क हो तर सकभर अनलाईनमा रजिस्ट्रेसन गरि दिनु हुन मुख्य संयोजक सुश्री लाऊराले अनुरोध गरिन्।  
 
नोभेम्बर २३ तारिख बिहिबार थ्यांक्स गिभिंग डे को छुट्टीको बिहान साढे आठ बजे शुरु हुने  यो कार्यक्रममा रजिस्ट्रेसन गर्नको लागी र कार्यक्रमस्थलमा जान जि पी एस को प्रयोजनको लागी ठेगाना यसप्रकार छ : 
 
 
Date: 23 November 2017, Thursday
Time: 8.30 AM
Venue: Intersection of the Hampden Ln & Overhill Road
Bethesda MD, 20814 
For Contact : Ms. Laura 
 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू