अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

प्रचण्डद्वारा घरदैलो अभियान सुरु

बिआरटीनेपाल २०७४ कार्तिक २३ गते ११:२६ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि घरदैलो अभियान सुरु गर्नु भएको छ ।

भरतपुर महानगरपालिका–१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान सुरु गर्नु भएको हो ।

घरदैलोका क्रममा स्थानीयले ज्येष्ठ नागरिक दिवा परियारले नजिकैको वनबाट वन्यजन्तु आएर दुःख दिने गरेको गुनासो गर्नुभयो ।

अर्की ज्येष्ठ नागरिक मुनि न्यौपानेले नाम मात्र सुनेको ‘प्रचण्ड’लाई भेट्न पाउँदा खुसी लागेको बताउनुभयो । ज्येष्ठ नागरिक बिबा परियारले अब सधैँ चिचवनमा नै बसेर जिल्लाको विकास गरिदिन प्रचण्डलाई आग्रह गर्नुभयो ।

घर दैलोका क्रममा अन्यले पनि जंगली जनावर र खोलाको त्रास हटाई दिन उहाँलाई आग्रह गरेका थिए ।

सो क्रममा अध्यक्ष दाहालले आधुनिक मेस र जाली निर्माण गर्ने तथा तटबन्ध गरेर नदी कटान रोक्ने आश्वासन दिनुभयो ।

कात्तिक २७ गतेसम्म चितवन रहनुहुने अध्यक्ष दाहालले नियमित घरदैलो अभियान र सभा, सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

घरदैलो अभियान सुरु गर्नु अघि अध्यक्ष दाहालले उज्वलनगर चोकमा प्रचार कार्यालयको उद्घाटनसमेत गर्नुभयो ।

सो अवसरमा उहाँले चितवन र समग्र राष्ट्रको समृद्धिका लागि आफूले चितवनलाई रोजेको बताउँदै निर्वाचनपछि वाम गठबन्धनको बहुमत आउने र मुलुकमा स्थिर सरकारसँगै देश आर्थिक समृद्धिमा लाग्ने धारणा व्यक्त गर्नुभयो ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू