अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

ऋषिराजको ड्रिम गर्लमा आश्मा र आकाश

बिआरटीनेपाल २०७४ कार्तिक २३ गते ११:१४ मा प्रकाशित

निर्देशक ऋषिराज आचार्यले ड्रिम गर्ल नामक फिल्म निर्माण गर्ने भएका छन् । फिल्मको बिहीबार राजधानीको महाराजगन्जस्थित साम्बला होटेलमा शुभमुर्हत गरियो । निर्देशक ऋषिकै लेखन रहेको ड्रिम गर्लकी ड्रिम गर्लको भूमिकामा छिन, आश्मा गिरी । लगभग सात वटै प्रदेशमा विभिन्न चरणमा गरिएका अडिसनबाट आश्मा ड्रिमगर्लका लागि छानीएको निर्देशक ऋषिले बताए । फिल्ममा आश्माको जोडीका रूपमा आकाश श्रेष्ठ छ । आकाशले यसअघि म त तिम्रै हुँ, तिमीसँग र ब्ल्याक फिल्ममा अभिनय गरिसकेका छन् भने आश्माको यो नै डेब्यु फिल्म हो ।

दक्षिण भारतको रिल एण्ड रियल सिनेमा नामक कम्पनी र निर्देशक ऋषिराजको आरबि मुभीजको ब्यानरमा निर्माण हुने फिल्मको सुटिङ शुक्रवारदेखि सुरु हुँदैछ । फिल्मको मुख्य निर्मातामा अर्जुन शर्मा र निर्देशक आचार्य स्वयम् छन् । त्यस्तै, सहनिर्मातामा रामेश्वर धिताल र रिल एण्ड रियल सिनेमाका तर्फबाट अन्टो रोचा रोवन छन् ।

ड्रिमगर्लमा आकाश र आश्माका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ,विल्सन विक्रम राई,रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित प्रमुख भूमिकामा छन् । शुभमुर्हत कार्यक्रममा संबिधानबिद् डा. भीमार्जुन आचार्य, फिल्म निर्देशक शम्भु प्रधान, स्क्रिप्ट राईटर नूतन प्रधान, अभिनेता, निर्देशक अशोक शर्मा, संचारकर्मी, फिल्म निर्देशक लक्ष्मण सुवेदी,अभिनेता अर्जुन श्रेष्ठलगायतले ड्रिमगर्ललाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

निर्देशक ऋषिले निकै मिहीनेतका साथ ड्रिम गर्ल निर्माण गर्न लागेको जानकारी दिए भने निर्माताको तर्फबाट बोल्दै अर्जुन शर्माले गुणस्तरिय फिल्म निर्माणको हेतुले आफू आफूहरू लागीपरेको बताए ।

राजधानी, मुस्ताङ, रारा तालका साथै कतारका विभिन्न स्थानमा खिचीने फिल्ममा अर्जुन पोखरेलले सङ्गीत छ । राहुल राईले खिच्नेको कोरियोग्राफी गम्भीर विष्टले गर्दैछन् । सम्राट बस्नेतले द्धन्द्ध निर्देशन गर्ने फिल्म नवीन निरौलाले सम्पादन गर्नेछन् ।

तस्बिर–आर्यन बिमली

प्रतिक्रिया