अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

भारतमा भिडियो भाइरल भएपछि छानबिन समिति

बिआरटीनेपाल २०७४ कार्तिक २२ गते ११:५२ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्ली स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्ब्व्यबहार गरेको भिडियो भाइरल भएपछि (सो भिडियो धेरैले हेरेपछि) त्यसको छानबिनका लागि सरकारले छानबिन समिति गठन गरेको छ ।

करिब महिना दिन अघि भारतको चेन्नइबाट नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एक जना यात्रुलाई विमानस्थल मै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुव्र्यबहार गरेका थिए ।

मङ्गलवार सार्वजनिक भएको सो भिडियोमा एक जना यात्रुलाई विमान अवतरण गरेपछि बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालेका छन् । उक्त दुव्र्यबहारसम्बन्धी भिडियो मङ्गलवार मात्र सार्वजनिक भएको थियो । उक्त भिडियो मङ्गलवार नै भारतका करोडौँ नागरिकले हेरिसकेका छन् ।

उक्त भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिकरुपमा नै माफी मागेको छ । तर सर्वसाधारण यात्रुमाथि गरिएको सो दुव्र्यबहारप्रति देशव्यापीरुपमा बढेको आक्रोस अझै मत्थर भने भएको छैन ।

उक्त घटनाको छानबिन गर्न बुधवार बिहानै एक छानबिन समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले दिनुभएको छ । भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा सो समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ ।

मन्त्री गजापतिले भन्नुभएको छ– एयरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुमा गरिएको यो व्यवहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ हामीले यस घटनाको छानबिन सुरु गरिसकेका छौँ ।

भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले मङ्गलवार साँझ नै सो सम्बन्धी छानबिनका लागि समिति गठन गर्ने जानकारी दिनुभएको थियो ।

उनलाई भौतिकरुपमा लछारपखार पार्नुको साथै गाली गलौज पनि गरिएको सार्वजनिक भएको सो भिडियाको फुटेजहरुमा देखिन्छ । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू