अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

एमाले, माओवादी र राप्रपाका एक पछि अर्को गाउँका नेता काँग्रेसमा प्रवेश

बिआरटीनेपाल २०७४ कार्तिक २१ गते १२:३८ मा प्रकाशित

एमालेको रसुवाका विभिन्न गाउँ कमिटीका नेताहरू एक पछि अर्को गर्दै पार्टी छोड्न थालेका छन्। उनीहरूले एमाले छोड्दै काँग्रेस प्रवेश गर्न लागेका छन्। सोमबार मात्र रसुवाका विभिन्न गाउँका एमालेका स्थानीय नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन्।

एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई काँग्रेस रसुवाका प्रतिनिधि सभा उमेद्वार मोहन आचार्यले पार्टी प्रवेश गराए। एमाले चिलिमे गाउँ कमिटीका सचिव निमा गोम्वे तामाङ, ल्याक्पा लामा नुर्वु तामाङ, पासाङ दोर्जे लामा, भक्तु तामाङ, कान्छा लामा , छेवाङ नुर्वु तामाङ, पासाङ छिरिङ तामाङ , सोनाम छिरिङ तामाङ, पासाङ तामाङ, दावा तामाङ,छेदेन तामाङ काँग्रेसमा प्रवेश गरेका हुन्।

राप्रपाका स्थानीय नेता फूर्पु सिङगी तामाङ, ठुलो कान्छा तामाङ, मिङमार तामाङ, गोप्ता तामाङ, बहादुर तामाङ, दावा फिन्जो तामाङ, फुर्ज्याल घले, शेरज्यान घले तर्ज्याल तामाङलाई काँग्रेसमा आचार्यले प्रवेश गराए।

चिलिमेकै माओवादी केन्द्रका दावा ग्यालजेन तामाङ, विजय तामाङ, गोम्वे छेवाङ तामाङ पनि काँग्रेसमा प्रवेश गरेका छन्। तातोपानी चिलिमेकै लान्जोम तामाङ, नोर्जी घले, पेमा साङवो तामाङ, पासाङ डोल्मा तामाङ, काले तामाङ, निमा टासी तामाङ, फुर्वु छिरीङ तामाङ, मिङमार छिरिङ तामाङ,निमा तामाङ पनि काँग्रेस प्रवेश गरेका छन्। उनीहरूको प्रवेशसँगै काँग्रेस क्षेत्रमा थपि बलियो हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू