अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती हो भन्नुभएको छ । विश्वको सभ्यताको मात्र होइन कि यो विश्व शान्तिका लागि पनि चुनौती हो– उहाँले भन्नुभयो । उत्तर कोरियाको आणविक कार्यक्रमले विश्वमा त्रास र अस्थिरता मात्र बढाउने गरेको उहाँको भनाई थियो ।
राष्ट्रपति ट्रम्प हाल जापानमा हुनुहुन्छ । उहाँ एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएको हो । उहाँले जापानमा सम्बोधन गर्ने क्रममा सो धारणा राख्नुभएको हो ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।
यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ । (रासस)