अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

करोडौँ ठग्ने दम्पती जेल चलान

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते १०:२३ मा प्रकाशित

पोखरा लेखनाथ महानगरपालिकाबाट करोडौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई प्रहरीले आज जेल चलान गरेको छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भाटखोला घर भई महानगरपालिका–१४ चाउथे बस्ने २८ वर्षीया देवकुमारी भुजेल थापा र निजको श्रीमान् लक्ष्यबहादुर थापा र उक्त घटनामा संलग्न दण्डपाणि शर्मा समेतलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेस गरिएकोमा थापा दम्पतीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ भने दण्डपाणि शर्मा रु १५ लाख धरौटी बुझाइ छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

उनीहरूले आफन्त र चिनेजानेका व्यक्तिसँग ठुलो रकम सङ्कलन गरी गत भदौ १४ गते आफ्नो घरजग्गासमेत बिक्री गरी पोखराबाट फरार भएका थिए ।

प्रहरीले गत असोज १९ गते काठमाडौँमा लुकीछिपी बसेका अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको थियो । उनीहरूले सर्वसाधारणसँग झन्डै रु ५० करोड जति ठगेको प्रहरीको अनुमान छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू