अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

कोलोराडोको वालमार्टमा गोली चल्दा ३ जनाको मृत्यु , १ घाईते

बिआरटीनेपाल २०७४ कार्तिक १५ गते २२:३१ मा प्रकाशित

अमेरिकाको कोलोरोडोमा आज साँझ गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १ ब्यक्ती घाईते भएका छन् । कोलोराडो राज्यको थर्नटन सहरमा रहेको वालमार्टमा स्थानिय समय अनुसार साँझ ६ बजेर ३० मिनेटमा चलेको गोली लागी २ पुरुष र १ महिलाको मृत्यु भएको हो ।

वाल्मार्ट भएको उक्त कम्प्लेसमा अन्य पसलहरु पनि रहेका छन् । प्रतक्षदर्शी आरोन स्टीफन्स नामका एक कस्टमरका अनुसार गोली चल्दाको समय उनि वाल्मर्टमा रहेको सेल्फ(चेकआउट लाइनमा थिए जब उनले पहिलो गोली चलेको आवाज सुने । उनले भने त्यसपछि बन्दुकको अरू गोलीको आवाज आउन थालो । गोलीको आवाज पछि ग्राहकहरू चिल्लाउन र बाहिर निस्कन सुरु गरे ‘म पनि डराएको थिएँ’

घटना हुने बित्तिकै सय भन्दा इमरजेन्सी रेस्पोन्डरहरु घटनास्थल पुगेका थिए । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ ।

 

 

फोटो साभार: डेनभर पोस्ट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू