अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

कुटपिट संगै आँखा झिकेर १४ बर्षिया बालिका करिस्माको बिभत्स बलत्कार

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते ७:५७ मा प्रकाशित

भोजपुर जिल्लाको दक्षिणी आमचोक गाउँपालिकाकी १४ बर्षिय बालिका करिस्मा बिश्वकर्माको बिभत्स तरिकाले बलत्कार भएको छ । दलिद समुदायकी बालिका करिस्माको निर्मम तरिकाले कुटपिट गरी आँखा झिकेर बलत्कार गरिएको हो ।

बालिकालाई सोहि गाउँपालिका ९, सरस्वती माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सन्तोष श्रेष्ठले निर्मम तरिकाले बलत्कार गरि मार्ने प्रयासमा भिरबाट खसाएर हिँडेका थिए । शनिवार दिउँसो भएको यो घटनामा पिडित बालिकाका परिवारले बालिका अवेर सम्म घर नफर्किए पछि खोजी गरेका थिए र उनलाई मरणाशन्न अवस्थामा भिरबाट उद्धार गरिएको थियो ।

जीवन मरणको अवस्थामा रहेकी बालिकालाई उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । बालिकाको बायाँ आँखा पुर्ण रुपमा काम नलाग्ने गरि बिग्रीएको छ । तर आर्थिक रुममा कमजोर उनका परिवारलाई उपचार खर्च जुटाउन मुस्कील परिरहेको छ । जसका कारण बालिकाको उपचार हुन नसकेपछि यति बेला बालिका करिस्मा बिक उपचार सहयोग अभियान सुरु गरिएको छ ।

एकातिर अमानविय ढंगले भएको बहिनीको बलत्कार र अर्को उपचार खर्च नहुँदा पीडित बालिकाका दाजु धन बहादुर बि क सबै संग सहयोगको लागि अनुरोध गरिरहेका छन् ।

सहयोगका लागि पीडित बालिकाका दाजु धन बहादुर बि क को मोवाईल नं 9807042296

 

 

 

तस्विर स्रोत: दलमर्दन कामी 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू