अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

वरिष्ठ पत्रकार किशोर दाले खसिको मासु -भात खाएको भुलेछन्

डा. रामहरि सुबेदी २०७४ कार्तिक ११ गते १०:४६ मा प्रकाशित

नेपालीहरूले भात अमेरिकामा खाएर स्टोरमै काम गरे पनि किशोर नेपाल जस्ता पत्रकार अमेरिका आउँदा दुईथाल भात पस्केर नेपालीहरुले ख्वाएकै थिए, त्यति मात्रै होइन किशोर दा लाई समस्या पर्दा पनि पैसा सापट दिएकै थिए त । नेपालीहरू अरू देशमा गए जस्तै अमेरिकामा आएर आफ्नो हातको नङ्ग्रा खियाउँछन, मेहनत गर्छन् दुई पैसा जोरजाम गरेर आफ्नो परिवार र मातृभूमि प्रति समर्पित गर्छन् । त्यही अमेरिकामा बस्ने नेपालीहरूले दु:ख गरेर पठाएको पैसाले नेपालको घर परिवार, समाज, जिल्ला र राष्ट्र चलेको छ । स्टोरमा काम गर्ने एक नेपाली नेपाल आउँदा १० देखि २० लाख खर्च गर्छन्, नेपालमै बसेर नेपाल राष्ट्रको लागि तिमीले कहिल्यै सुको खर्च गरेका छौ र ? बरु उल्टै लुटेका छौ ।

किन गर्भ गर्न सक्दैनौ अमेरिकामा मेहनत गरेका नेपालीहरू देखी ? अरूले गरेको खराब कुराहरूलाई देखाएर मेहेनती नेपालीहरूका हातहरुसंग किन ठोस्छौ ? राष्ट्रपतिको छोरीले स्टोरमा एक दिन काम गरेको फोटो हालेर नेपालीले सिक्नु पर्ने पाठ भनेर किन लेख्छौ मेहनती नेपालीहरूलाई अपमान हुने गरी ? किन चल्दैन तिम्रा कलमहरु जाहाँ नेपालीहरूले दिनरात खटेर काम गरिरहेका छन्, विदेशीहरूले पनि नेपालीहरुबाट सिक्नु पर्ने पाठहरु भनेर ? संसारमा कुनै माईकलाल देखाऊ जो नेपालीहरू जस्ता ईमान्दार र मेहेनती छन् ? सक्छौ देखाउन ?

विदेश जाने नेपाली, कमाउने नेपाली, प्रत्येक वर्ष नेपाल भ्रमण गर्ने नेपाली, विदेशी पर्यटकले भन्दा ५० गुना नेपाल आउँदा बढी खर्च गर्ने नेपाली, नेपालमा बिजेनेस व्यापार फष्टाईदिने नेपाली, लगानी गर्ने नेपाली, आईफोन, आईप्याड ल्याईदिने नेपाली, आपत् बिपत पर्दा विदेशबाट पैसा नेपाल पठाई दिने नेपाली, नेता, कलाकार, नेपालका पत्रकार आउँदा समय नहुँदा पनि समय निकालेर सत्कार गरिदिने नेपाली, अनि नेपालीले अमेरिकामा बसेर नेपालको बारेमा चासो राख्न नपाउने ?? स्टोरमा कामगर्ने, भात खाएर अमेरिकामा बस्ने नेपालीहरूले नेपालमा बसेर देश बिगार्नेलाई लात हान्ने अधिकार पनि छ, नेपाली चाहे जुन सुकै देशमा किन नबसुन उनीहरूलाई देशको राजनीति, आर्थिक, सामाजिक वा अन्य कुनै पनि विषयमा सरोकार राख्ने अधिकार पनि छ ।

स्टोरमै कामगर्ने नेपालीले पैसा उठाएर भूकम्प पिडितहरु देखि बाढी पिडितहरुलाई लाखौँ डलर पठाएको पनि भुलेछन किशोर दा ले । स्टोरमै कामगर्ने नेपालीले नेताहरूलाई अमेरिकामा आउँदा सम्मान दिँदै नेताहरूको सधैँ नाक बचाई दिने नेपालीहरूलाई पनि भुलेछन किशोर दा ले, किनकि प्राय जसो नेपालका नेताहरूले अमेरिकाको कुनै प्रतिनिधिहरूलाई भेटने मौकै पाउँदैनन केवल दिनभर स्टोरमा काम गर्ने नेपालीहरू बाहेक । वरिष्ठ पत्रकार किशोर दा आँफुनै आउँदा हामी दिनभर स्टोरमै काम गर्ने नेपालीहरूको घरमा टन्न २ थाल भात खाएर नेपाली मिडियालाई अन्तरवार्ता दिएको पनि भुले छन् किशोर दा ले । किशोर दा लाई एउटा अनुरोध ठिकै छ दुई थाल भात खाएर स्टोरमा काम गरी दिनभर घण्टा हानेर कामाउने नेपालीप्रती तिमीलाई घृणा छ भने अब अर्को पटक तिम्रो अमेरिकामा सैर हुँदा अमेरिकनको घरमा बसेर बर्गर खाएको हामीलाई हेर्न मन छ । त्यो दिन तिमीलाई भेटन आउँदा टिपिकल नेपाली खाना दाल र भात लिएर स्टोरमा कामगर्ने नेपालीहरू स्वागत गर्न आउने छौ र हामी त्यही दिनको प्रतिक्ष्याम छौँ ।

वरिष्ठ पत्रकार किशोर नेपालले अमेरिकामा बस्ने नेपालीहरूलाई अपमानित गरेर लेखेको लेख यो लिङ्कमा गएर हेर्नुहोला
https://www.cyberheadline.com/nepali-headline/2017/10/28/-

प्रतिक्रिया