अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४२ | Colorodo: 16:57

टेक्सस गभर्नरद्वारा एचडीएनपीका संस्थापक देवी आचार्य विश्व मानवतावादी पुरस्कार २०१७ बाट सम्मानित

बिआरटीनेपाल २०७४ कार्तिक १० गते २३:२७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपालीद्वारा सञ्चालनमा रहेको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) का संस्थापक देवी आचार्य डेविड विश्व मानवतावादी पुरस्कार २०१७ द्वारा सम्मानित भएका छन् l

आचार्य लाई आज अक्टोबर २७ तारिख टेक्ससको ड्यालसमा एक समारोह बिच टेक्ससका गभर्नरले ग्लोबल हयूमानिटेरीएन अवार्ड २०१७ प्रदान गरेका हुन् l

टेक्ससका गभर्नर ग्रेग आबोटले अन्य विविध क्षेत्रमा विशेष योगदान पुर्याउनेहरु व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पहिलो पटक उक्त पुरस्कार नेपालीलाई प्रदान गरेका हुन् l

टेक्सस राज्यको ड्यालस वरपर रहेका असहाय ,गरिब तथा घरबार बिहिन मानिसहरूलाई त्रैमासिक रूपमा खुवाउदै आएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियलाई बियोंड बाउनडरी एनुएल २०१७ अवार्ड विनर नामक समारोहमा आचार्यद्वारा सञ्चालित एचडीएनपी इन्टरनेसनललाई अमेरिकामा मात्र नभई नेपालमा समेत मानवीय सेवा गरे बापत पुरस्कृत गरेको हो l

विश्व मानवतावादी पुरस्कार प्राप्त गरे पछि आचार्यले गभर्नरलाई सामाजिक सञ्जाल मार्फत उक्त सम्मान हुन् पाएकोमा अझ आफू उत्प्रेरित भएको जनाएका छन् l यसले थप उत्तरदायी ,कडा मेहनत र परिश्रम गर्दै घरबार बिहिन मानिसलाई खाना खुवाउनु र सेवा पुर्‍याउनु पर्ने महसुस भएको बताएका छन् l

यसको साथै आचार्य ले आफूलाई यसमा योग्य ठानी सम्मान गरेकोमा कृतज्ञता ज्ञापन समेत गरेका छन् l स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरूलाई त्रैमासिक रूपमा खाना खुवाउदै आएको छ भने यसको अतिरिक्त संस्थाले त्रैमासिक रूपमा रक्तदानको आयोजना गर्दछ । संस्थाले मानवीय सेवाको साथै उनीहरूको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरूलाई सशक्तिकरण गर्ने काम पनि गरी रहेको छ ।

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत विशेष सहयोग प्रदान गर्दै आएको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

प्रतिक्रिया