अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

भुकम्प पीडितको सहयोगको लागी एटलान्टामा ‘वाक एण्ड रन’

बिआरटीनेपाल २०७४ कार्तिक १० गते ६:०५ मा प्रकाशित

नेपालमा आएको बिनाशकारी भुकम्पबाट प्रभाबित क्षेत्रमा पुनर्वास र पुनर्निर्माणमा सहयोग गर्दै आएको संस्था नेप्लिज एसोसिएसन अफ ज़र्जियाको आयोजनामा यही आउँदो आईतबार (अक्टोबर२९ , २०१७ ) का दिन ज़र्जियाको एटलान्टामा वाक एण्ड रन कार्यक्रमको आयोजना गरिंदै छ । एट्लान्टा फर नेपाल #ATL4Nepal को नारा  सहित गत बर्ष निकै भब्य रुपमा सफल भएको वाक एण्ड  रन को यो दोस्रो संस्करण हो ।

विनासकारी भूकम्पपिडितको सहयोगार्थ तत्कालिन समयमा  ३३ हजार अमेरिकी डलर साथै अत्यावस्यक औषधि तथा प्राथमिक राहतको लागि सहयोग गरेको  नेप्लिज एसोसिएसन अफ ज़र्जियाले फेरी पनि गाउँ पुनर्निर्माणको लागि सहयोग जुटाउने उद्धेश्य राखेर उक्त कार्यक्रम गर्न लागेको हो । बिदेशमा रहेर नेपाल र नेपालीको सुख दुखमा सदैब साथ दिनको लागि संस्थाको सुरुवात गरिएको र एटलान्टा साथै अमेरिकामा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई यो कार्यक्रमलाइ सहयोग गरिदिनुहुन नेप्लिज एसोसिएसन अफ ज़र्जियाका बर्तमान अध्यक्ष केशव शर्माले सबैमा अनुरोध गर्नुभएको  छ । साथै कार्यकममा सहभागी हुनको लागि सबैले अनलाइन रजिस्टर गरेर आयोजक हरुलाई सहयोग गरिदिनुहुन आयोजक कमिटिका कुमार के सी ले सबैमा आग्रह गर्नुभएको छ ।

जर्जिया वाहिर रहेर पनि कार्यक्रमलाई सकेको सहयोगका साथै वाक एण्ड रनलाइ प्रायोजन गरेर आफ्नो र आफ्नो संस्थाको नाम लेखाउनुहुन आयोजक कमिटि सबैमा अनुरोध गर्दछ ।

कार्यक्रमको थप जानकारीको तथा सहयोगको लागि तलको लिंक क्लिक गर्नुहोला।

 

http://nepalgeorgia.org/runfornepal/

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू