अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३० | Colorodo: 00:45

परराष्ट्रमन्त्री महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह(इपिजी)का सदस्यहरुको भेट

बिआरटीनेपाल २०७४ असोज २२ गते ७:५४ मा प्रकाशित

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समुह(इपिजी)का सदस्यले आज आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन् ।

समुहका नेपालका संयोजक डा.भेषबहदुर थापा र भारतका संयोजक भगतसिंह कोश्यारीसहितका सदस्यले परराष्ट्रमन्त्रीलाई समुहको पाँचौं बैठक र हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

उहाँहरुले समुहको छैटौं बैठक भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर ११ र १२ मा हुने जानकारी गराउनुभयो । बैठकमा दुई पक्षले आ–आफ्ना सरोकार तथा चासोका विषयहरु स्पष्टसँग राखेको बताउनुभयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपाल–भारतसम्बन्धलाई नयाँ उचाईँमा पु¥याउन प्रबुद्ध समुहमा भएको छलफलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुई देशबीचको सम्बन्ध सौहाद्र हुनुपर्छ, त्यसका लागि खुला दीलले छलफल गर्नुहोला र सही निष्कर्ष निकाल्नु होला ।”

काठमाडौँमा सम्पन्न पाँचौ बैठकबारे जानकारी गराउँदै समुहका नेपाल संयोजक थापाले नेपाल–भारतको सम्बन्धका सबै विषयमा खुलारुपमा छलफल भएको र तोकिएको समयमै सकारात्मक निष्कर्ष आउने बताउनुभयो ।

त्यस्तै समुहका भारततर्फका संयोजक कोश्यारीले काठमाडौँमा सम्पन्न दुई दिने बैठकमा नेपाल–भारत सबन्धका विविध विषयमा राम्रो छलफल भएको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाईँमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू