अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

नेपाल आईडलका ३ बिजेता १ महिना भन्दा लामो अष्ट्रेलिया भ्रमणमा जाँदै

बिआरटीनेपाल २०७४ असोज १८ गते १५:२६ मा प्रकाशित

नेपाल आईडलका टप थ्री जनाको प्रस्तुतीले सीडनी संगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ । यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा रनर अप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रताप दाश अस्ट्रेलिया जादैछन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलीया कार्यक्रम गर्न लागेको हो  

सिडनीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन्। संभवत यो नै ओलम्पीक पार्कमा पहीलो नेपाली कार्यक्रम हो। एभरेष्टकम्युनिकेशन मुख्य प्रस्तुती रहने सिडनीको मुख्य कार्यक्रम डीसेम्बर १ मा  हुने छ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ।  जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन ,मेलवर्नएडिलेडतास्मानिया,पर्थडार्बिन र क्यानबेरामा समेत हुनेछ । 

प्रतिक्रिया