अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५२ | Colorodo: 10:07

नेपाली सिमारक्षाका लागि लडेका देवनारायण यादव र उनका छोरा भारतिय जेलमा

बिआरटीनेपाल २०७४ असोज १६ गते ४:३१ मा प्रकाशित

नेपाल भारत सिमामा पर्ने तिलाठिमा भारतीय पक्षले सिमा मिच्न खोजेपछि बिरोधमा उत्रिएका सप्तरीको तिलाठी कोइलाडीका देवनारायण यादव र उनका छोरालाई भारतीय प्रहरीले अपहरणको मुद्दा चलाएको छ । शनिबार भारतको सुनौली गएका उनका छोरा अजयलाई प्रहरीले पक्राउ गरेपछि छोरा छुटाउन सुगौली पुगेका देवनारायणलाई पनि पक्राउ गरी उनिहरुलाई भारतिय प्रहरीले मुद्धा चलाएको हो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का देवनारायणका छोरा अजयले केही महिना अघि भारतिय युवतीसंग प्रेम बिबाह गरेका थिए तर युवतीका परिवारले यो प्रेम बिबाह नभई आफ्नी छोरीलाई यादव परिवारले अपहरण गरेको उजुरी दिएपछि भारतिय प्रहरीले उनिहरुलाई अपहरणको मुद्धा चलाएको बताईएपनि युवतीको भनाई सार्वजनिक नगर्नुले भारतिय प्रहरीले गत साल देवनारायण यादवले नेपाली भुमिका लागि लडेको आक्रोश पोख्न झुटो आरोप लगाएको स्थानियको भनाई छ ।

भारतको सुपौल जिल्ला अन्तगर्तत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई बीरपुर थानाले अपहरणको मुद्दा चलाएका देवनारायण गत साल नेपाल भारत सिमामा पर्ने तिलाठिमा भारतीय पक्षले सिमा मिच्न खोजेपछि बिरोध गर्दै सो काम रोक्न गएका थिए । त्यो समय उनि भारतिय शुरक्षाकर्मीसंगको झडपमा घाईते भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू