अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

विश्व शेर्पा सम्मेलनमा विदेशबाट भुकम्पपिडितलाई सहयोग गर्नेहरु र स्थानीय निर्वाचनमा निर्वाचितलाई सम्मान गर्ने

बिआरटीनेपाल २०७४ असोज १५ गते १९:२५ मा प्रकाशित

शेर्पा समुदायको हितमा अक्टुबरको ८,९ र १० तारिख काठमाण्डौमा हुन लागेको प्रथम ऐतिहासिक विश्व शेर्पा सम्मेलनमा भाग लिन विभिन्न मुलुकहरुबाट प्रतिनिधिहरू काठमाडौँ आउन थालेका छन् । लाजिम्पाटस्थित रयाडिसन होटेलमा अक्टुबर ८ तारिख दिउसो १ बजे उदघाटन हुने भएको छ । उक्त दिन नेपाल शेर्पा सङ्घले नेपालमा दुई वर्ष अघि गएको भूकम्पमा परि दुख भोग्नु परेकाहरुलाई सहयोग गर्ने विभिन्न मुलुकका शेर्पा किदुगहरु तथा शेर्पा संघसस्थाहरु र व्यक्तिहरूलाई प्रधानमन्त्रीबाट प्रसंसापत्रको साथ सम्मान गर्न लागेको सम्मेलन आयोजक समितिका संयोजक तथा नेपाल शेर्पा सङ्घको अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिनु भयो ।

उहाका अनुसार दोस्रो दिन काठमाडौँ बौद्धटुसालस्थित (शेर्पा गुम्बा) को अन्डरग्राउण्ड हलमा हुने सम्मेलनमा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचित शेर्पा मेयरहरु, उपमेयरहरु प्रमुखहरु, उपप्रमुखहरु लगायत वडा अध्यक्षहरुलाई सम्मान गरिने भएको छ । दोस्रो र तेस्रो दिनको कार्यक्रम बिहान साढे ७ बजे बिहानी खाजासंगै सुरु भएर बेलुकी ७ बजेसम्म हुने भएको छ । सम्मेलनको दोस्रो दिन शेर्पा भाषा, धर्म र सस्कृति , शिक्षा, आर्थिक मितव्ययिता, लगानीको अवसर, सञ्चार, राजनीतिक र ग्लोबल वार्मिङ लगायतका विभिन्न विषयहरूमा कार्यपत्र सहित व्यापक छलफल हुने भएको छ । तेस्रो दिन विश्व शेर्पा शेर्पा सङ्घ तद्धर्थ समितिले तयार पारेको मस्यौद विधानमाथि छलफल गरी घोषणा पत्र जारी गदै विश्व शेर्पा सङ्घ नयाँ कार्यसमिति गठन गरिने भएको छ ।

सम्मेलनमा करिब डेट दर्जन भन्द बढी विभिन्न मुलुकमा रहेका शेर्पा किदुग र शेर्पा सङ्घ लगायत ३ सय भन्द बढी प्रतिनिधिहरू सहाभागी हुने भएको छ । सम्मेलनमा अहिलेसम्म प्राप्त जानकारी अनुसार सबैभन्द बढी सिक्किमबाट १८ जना र अमेरिकाबाट १९ जना प्रतिनिधि उपस्थिति हुने भएको छ । सम्मेलनमा अमेरिका, युरोप, वेलयत, अष्ट्रिलियालाई २ सय डलर ( २० हजार नेपाली रुपिया) र खाडी मुलुकहरू र पूर्वी एसियाबाट प्रतिनिधिहरूलाई १ सय डलर ( १० हजार ) सहाभागी शुल्क तोकिएको छ । त्यस्तै सिक्किम, दार्जिलिङ र भारतबाट आउनेहरुलाई ५ हजार नेपाली रुपिया तोकिएको छ भने नेपालमा रहेका विभिन्न शेर्पा संघसस्थाका प्रतिनिधिहरूलाई २ हजार नेपाली रुपिया तोकिएको छ । सम्मेलनमा अनिवार्य रूपमा शेर्पा पोशाक लगाउने सबैमा खबर भइसकेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया