अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

नेपाली राजदूतावास वासिङ्गटन डी. सी. प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७४ असोज ११ गते १४:३१ मा प्रकाशित

संविधान जारी भएको दोस्रो वार्षिकी तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले आज एक स्वागत कार्यक्रमको आयोजना गर्नुभयो । उक्त अवसरमा राजदूत कार्कीले उपस्थित विशिष्ट पाहुनाहरुलाई स्वागत गर्नुभयो । कार्यक्रमा बोल्दै राजदूत कार्कीले भर्खर सम्पन्न स्थानीय निकायको निर्वाचन मार्फत नेपाल संविधान कार्यान्वयनको गतिमा अगाडि बढेको उल्लेख गर्दै संविधानले समावेशी प्रजातान्त्रिक व्यवस्था, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, समानुपातिक प्रतिनिधित्व र कानुनी शासनको प्रत्याभूति गरेको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अमेरिकी सरकारको Millennium Challenge Corporation सँग वासिङ्गटन डी.सी मा हालै भएको अमेरिकी डलर 500 मिलियन को सहायता सम्झौताबाट नेपालले विद्युत् र सडक क्षेत्रको पूर्वाधार विकासमा अधिकतम लाभ लिनुपर्ने कुरामा जोड दिनुभयो ।साथै उहाँले नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धको 70 औ वर्षगाठ पुगेको अवसरमा दुई देशबीच सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै अमेरिकाले नेपाललाई स्वास्थ्य, शिक्षा, भूकम्पपछिको पूनर्निर्माण, पूर्वाधार लगायतका क्षेत्रमा गर्दै आएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो। 

सोही अवसरमा बोल्दै पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री सत्या पहाडीले संविधानको सफल कार्यान्वयनबाट नै लोकतन्त्रिक व्यवस्थाको सुदृढीकरण तथा जनताको विकासको चाहना पूरा हुने व्यक्त गर्दै अमेरिकी सरकारको सहयोग र सद्भावप्रति आभार प्रकट गर्नुभयो ।

सो अवसरमा अमेरिकी सरकारको विदेश मन्त्रालयको Acting Assistant Secretary of Bureau of South and Central Asian Affairs Mrs. Alice G. Wells ले आफ्नो हृदयमा नेपाल विशेष स्थानमा रहेको बताउनु हुदैं नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा Secretary of State Honorable Rex Tillerson, Deputy Secretary of State Honorable John J. Sullivan and Undersecretary of state honorable Thomas A. Shannon बाट शुभकामना व्यक्त भएको बताउनु भयो। साथै, उहाँले नेपाल र अमेरिकबीचको न्यानो सुमधुर सम्बन्धको ७० औँ यो वर्ष सन् २०१७ मा भरखरै हस्ताक्षर भएको एमसीसीको कम्प्याक्ट कार्यक्रमबाट नेपाल र अमेरिकाबीचको सम्बन्धमा अझ प्रगाढता आएको बताउनु भयो। उहाँले हालै सम्पन्न स्थानीय निकायको निर्वाचन मार्फत नेपाल संविधान कार्यन्वयनको दिशामा अगाडि बढेकोमा खुसी व्यक्त गर्दै यसले नेपालको प्रजातान्त्रिक व्यवस्थालाई संस्थागत गर्न तथा नेपालको समग्र विकास प्रक्रियालाई गति दिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै श्री Wells ले नेपालको विकास, पुनर्निर्माण कार्यमा अमेरिकी सरकारको सहयोग र समर्थन रहने कुरा व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा US Department of State का वरिष्ठ पदाधिकारी, White House, US Congressman and Senator, Millennium Challenge Corporation, United State Trade Representative, Peace Corps, Think Tank का पदाधिकारीहरू, वासिङ्गटन डी.सी स्थित कुटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरू, नेपाली डायस्पोराका प्रतिनिधिहरू एवं राजदूतावासका कर्मचारीहरू समेत गरी करिब ४०० जना जति उपस्थित रहेको थियो।

कार्यक्रम अवधिभर पर्यटन प्रवर्द्वनात्मक पोस्टर तथा Display हरुद्वारा सजिएको University of District of Colombia को Grand Ballroom मा नेपाली कला, संस्कृति झल्कने नृत्य तथा पर्यटन प्रवर्द्वन सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत भएको थियो।

 

नेपाली राजदूतावास
वासिङ्गटन डी.सी
सेप्टेम्बर 2६, 2017

प्रतिक्रिया