अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

आफ्नो मन्दिरमा जमरा राखी नवदुर्गा पूजा गर्दै लस एन्जल्सबासि-विजयादशमीको दिन जमरा वितरण

बिआरटीनेपाल २०७४ असोज १० गते ११:१२ मा प्रकाशित

नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा नेपालीहरुद्वारा स्थापित श्रीपशुपतिनाथ फाउनडेशन यु.एस.ए.को भवनामा घटस्थापनाको दिन जमारा राखी हरेकदिन बिधिपुर्वक पुजाआजा गरिदै आइएको छ । लस एन्जल्सको सेरोफेरोमा बसोबास गर्ने भक्तजनहरु हरेक दिन उपस्थित भई नवदुर्गाको पुजाआजा तथा आराधाना गर्ने गरेका छन् ।

आफ्ना मान्यजनबाट दसैँमा टीका ग्रहण गर्दा निधारको टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा टुसा (जमरा) नेपाली संस्कृति र परम्परा हुन् । जमरा घटस्थापनाको दिन छर्ने र विजयादशमीको दिन टिकाको साथमा लगाउने प्रचलन छ । जौलाई संस्कृतमा यव भनिन्छ । पुराणमा समेत श्रीकृष्णले म जौ हुँ भनेर भन्नु तथा वैज्ञानिक हिसाबले समेत धेरै रोगहरुको निदान गर्ने अन्नको राजाको रूपमा रहेको जौलाइ जमराको रूपमा धेरै बुझेर प्रयोग गरिएको देखिन्छ ।

असोज महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको (नवरात्री -बडादसैँ)को पहिलो दिन घटस्थापना गरी त्यस घटमा गोबरले रेखा बनाई जौ रोपण गरिन्छ भने नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । जौ रोपिएको घडामाथी थाली राखी त्यसमा भगवती दुर्गाको प्रतिमा र नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूप (शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्री) को पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ भने मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रीको विशेष महत्वका दिनको रूपमा रहेको महासप्तमीमा महासरस्वती, महाष्टमीमा महाकाली र महानवमीका दिन महालक्ष्मीको विशेष आराधना तथा पूजा गरिन्छ ।

विजयादशमीको दिन बिहान अन्तिमदिनको पुजाआजा पश्चात् सबैलाई फाउनडेशनले जमरा वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू