अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

सोनाम लामाद्धारा एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७४ असोज ९ गते २:५१ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को उपाध्यक्षमा सोनाम लामाले आज उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक (आरसी) हुन ।

 

लामाको घोषणापत्र जस्ताको त्यस्तै:

नमस्ते

मेरा अग्रज अध्यक्षज्यु आइसिसि सदस्यज्युहरु लगायत सम्पूर्ण नव निर्वाचित पधादिकारीज्युमा म सोनाम लामाको ।

आजको यो सभामा म यहाँहरुलाई साक्षी राख्दै मेरो एनआरएनएको ८ वर्षको यात्रालाई निरन्तर जारी राख्न आगामी २०१७ — २०१९ को आइसिसिको उपाध्यक्षको जिम्मेवारी लिने घोषणा गर्दछु ।

यहाँहरूको विश्वास र मायाले मलाई अझ निरन्त काम गर्न ऊर्जा मिलेको हो । गोर्खालीहरुको ईमान्दारीता र बहादुरीले सिचेको यो बेलायत मेरो अर्को घर हो, तपाइहरु मेरा परिवार । म सम्पूर्ण

एनआरएनहरुलाइ विश्वास दिलाउन चाहन्छु मेरो उपाध्यक्षको कार्यकालमा गर्नु पर्ने÷गर्न सक्ने मेरा प्रतिबद्धताहरु

१-मेरो कर्म क्षेत्र अमेरिकाको क्षेत्रीय सम्मेलनमा पारित भिजन २०२० एण्ड वियोण्डलाई पारित गरी सफलतापुर्वक लागु गराउन ।

२- हामी एनआरएनहरुको दोस्रो गाउँ लाप्राक मेरो पनि सपना हो । मैले पनि सेवा गर्ने मौका पाएको छु । अध्यक्षज्युसगै अब बाँकी काम पुरा गर्न पछि हटने छैन ।

३- हाम्रो १४ वर्ष देखिको सपना हाम्रो हेडक्वाटर जसको म आफै संयोजक छु । अब बाँकी काम पनि पुरा गर्न म पछि हटने छैन ।

४- हामी भोलि मरेर जान्छौ, हामी मरेर गएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाइ मुलुकसंग जोडी राख्न नागरिकताको निरन्तरताको लागी हिजोको भन्दा धेरै सक्रिय हुनेछु ।

५- देशमा काम गर्ने दक्ष कामदार छैन्न । मैले आफैले लाप्राक, हेडक्वाटर, मेरो बनिरहेको होटेल, मुक्तिनाथ रिर्सोट, विश्वको अग्लो स्थानमा बनिरहेको बुद्ध मूर्ती परियोजनामा मैले आफै भोगेको छु ।

त्यसैले मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा मेरो सक्रियता रहने छ ।

हिजो जसरी देशमा परेको सङ्कटमा अध्यक्षज्यु सँग काँधका काँध मिलाएर चाहे भूकम्प पीडितलाई राहत पु–याउन होस् , चाहे सप्तरी बाढी पीडितलाई सघाउन म हिजो जतिकै भोलि पनि खट्ने छु । हिजोको दिनमा जति गरे म त्यसलाई निरन्तरता दिँदै मेरो अबको दुई वर्षको कार्यकालमा यति काम सम्पन्न गर्न सके भने मैले मेरो देश मेरो नेपाल र तपाईँ एनआरएनहरु प्रतिको कर्तव्य पुरा भएको विश्वास गर्ने छु ।

अन्त्यमा सबैलाई एनआरएनएमा आबद्ध भई देशको विकासमा सहभागी हुन आग्रह गर्दै बिदा माग्दछु ।

जय एनआरएन ।।

प्रतिक्रिया