अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

कार्यकर्ताको चरित्र हत्या गर्न खोजिएको नेपाली कांग्रेस धनुषाको आरोप (प्रेस विज्ञप्ति )

बिआरटीनेपाल २०७४ भदौ ३१ गते १३:०६ मा प्रकाशित

 

नेपाली कांग्रेस धनुषाले प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले निर्वाचनको संघारमा कांग्रेस कार्यकर्ताहरुको चरित्र हत्या गरेर मतदातालाई दिग्भ्रमित बनाउन खोजेको आरोप लगाएको छ । नेपाली कांग्रेस धनुषाका जिल्ला सभापति रामसरोज यादवले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै शनिवार जनकपुरबाट प्रकाशित प्रशारित स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमका समाचारमा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई लाञ्छित गरिएकोमा पार्टीको ध्यान गम्भीर रुपमा आकृष्ट भएको जनाउनुभएको छ ।

उहाँले विज्ञप्तिमा भन्नुभएको छ, स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको बढ्दो प्रभावबाट हतोत्साही भई राजपाका कार्यकर्ताहस्रुले हाम्रा कार्यकर्ताहरुको केही संचारमाध्यममा चरित्र हत्या गर्ने दुश्प्रयास गरेको छ । यस्ता किसिमका कपोलकल्पित, भ्रामक र मनगढन्त समाचार सम्प्रेषण गराई आम जनमानसमा भ्रमसिर्जना गरेकोप्रति हामी घोर निन्दा गर्दछौ ।

उहाँले नेपाली कांग्रेस धनुषाले यस किसिमको प्रचार र समाचारलाई विरोधी समूहले नेपाली कांग्रेसलाई बद्नाम गर्न रचेको षड्यन्त्रको रुपमा लिएको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू