अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

दैलेखमा बस दुर्घटना हुँदा १७ जना घाइते -१५ जनाको अवस्था गम्भीर

बिआरटीनेपाल २०७४ भदौ २९ गते १३:३९ मा प्रकाशित

दैलेखको सियाकोटमा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दैलेखको गुराँस गाउँपालिकाको वडा नं. ४ सियाकोटमा बिहीबार दिउँसो माइक्रोबस दुर्घटना भएको हो । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ४२२२ नम्बरको माइक्रोबस सियाकोटमा पुगेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । घाइतेको सुर्खेतको देउती नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ ।

यस अघि पनि गत जेठ ३१ गते दैलेखको आठवीस नगरपालिका- ४ मा नैनाल भन्ने ठाउँमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू