अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१७ | Colorodo: 21:32

टेक्सासमा भएको सङ्कास्पद गोलीकाण्डमा आठको मृत्यु

बिआरटीनेपाल २०७४ भदौ २६ गते १९:५५ मा प्रकाशित

ह्युस्टन, २६ भदौ । अमेरिकी राज्य टेक्ससको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एक जना अपराधी सहित आठ व्यक्तिको मृत्यु भएको समाचार छ । ह्युस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ । साथै सोही घरमा अर्का एक जना संदिग्ध पनि मारिएका छन् । तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।

गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए । ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पु¥याएपछि मृत्यु भएको थियो । उक्त गोलीकाण्डमा परी अर्का एक जना घाइते छन् । यस घटानमा मारिएका सबै जना युवा युवती रहेका बताइएको छ । तर उनीहरूको पहिचान भने प्रहरीले खोलेको छैन । रासस ÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू