अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

नेपालगन्जमा तीन महिनामा तीन ठुला आगलागि

बिआरटीनेपाल २०७४ भदौ २६ गते ११:११ मा प्रकाशित

आइतबार साँझ पुष्पलालचोक नजिकै आगलागी भयो । अम्बे अटो पाटर्समा मोटरसाइकल रिपेरिङ्ग गर्दैगर्दा सल्केको आगोले आसपासका पाँच पसल जले । घटनामा करिव ५१ लाखको प्रारम्भिक क्षति भएको तथ्याङ्क आएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपालगन्ज र कोहलपुरका दुई दमकलले करिव १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।

नेपालगन्जमा पछिल्लो समय आगलागीबाट हुने भौतिक क्षति बढ्दै गएको छ । पछिल्लो तीन महिनामा आगलागीका ठुला ३ घटना भएका छन् ।

यसअघि नेपालगन्जको धम्बोझीमा रहेको श्रेया इन्टरनेसनल फर्निसिङ्गमा ठुलो आगलागी भएको थियो । यसैगरी केएल दुगडग्रुपको नेपालगन्जस्थित गोदाममा पनि ठुलो आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि नेपालगन्जमा प्राविधिक कठिनाई हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू