अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४
| Colorodo: 19:09
काठमाडौँ, २५ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले हालैको प्राकृतिक प्रकोपबाट प्रभावित तथा बाढीपीडित व्यक्तिको सहयोगार्थ यही भदौ महिनाको सम्पूर्ण तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्नुभएको छ ।
त्यसै गरी, उपराष्ट्रपतिको कार्यालयका सचिवलगायत सम्पूर्ण कर्मचारी (उपराष्ट्रपतिको सल्लाहकार समूहसमेत) का तर्फबाट पनि कोषमा एक लाख ३२ हजार ३८८ रुपैयाँ ६१ पैसा जम्मा गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस