अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

‘शेरबहादुर’का सुनिल थापा धरानका भुपु गोर्खा सैनिकको भूमिकामा

बिआरटीनेपाल २०७४ भदौ २५ गते १२:२१ मा प्रकाशित

नेपालमा मात्र नभई भारतिय सिने क्षेत्रमा समेत सम्मान पुर्वक लिईने नाम हो सुनिल थापा । रातेकाईंलाका नामले चर्चा कमाएका
अभिनेता सुनिल थापा मुख्य भुमिकामा रहेको चलचित्र शेरबहादुर आमागी माग २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । धरानका भुपु गोर्खा सैनिकको भूमिकामा प्रस्तुत भएको चलचित्र शेरबहादुरको फष्टलुक सार्वजनिक कार्यक्रममा चलचित्रको प्रदर्शन मिती पनि सार्वजनिक गरिएको हो ।

आर राजवंशीनिर्देशित चलचित्र शेरबहादुरको फष्टलुकमा सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झालाई फिचरिङ गरिएको छ ।

धिराज प्रोडक्सनको व्यानरमा निर्मित चलचित्र मा गौरीशंकर धुनुजु र धिराज राजवंशीको लागनी रहेको छ । कोशिस क्षेत्रीको शब्द संगीत रहेको चलचित्रमा ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई क्रियटिभ डिरेक्टरको रुपमा छन् ।

प्रतिक्रिया