अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

एभरेष्ट आर्टको अध्यक्षमा पुनः टिकाराम राई

बिआरटीनेपाल २०७४ भदौ १६ गते ९:०९ मा प्रकाशित

उत्तरपूर्वी मोरङमा विविध कला र साहित्यको पक्षमा सक्रिय बन्दै गएको एभरेष्ट आर्ट फ्यूजन पथरीशनिश्चरेको पाँचौं साधारणसभाले पुनः टिकाराम राईलाई नै अध्यक्ष चुनेर नयाँ कार्यसमिति चयन गरेको छ ।

निर्विरोध रुपमा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वी आलेमगर, उपाध्यक्षमा लक्ष्मी कोइराला सुवेदी, सचिवमा सुमन राई, सहसचिवमा अर्जुन सेन्चुरी र कोषाध्यक्षमा भरत तामाङ चयन हुनुभएको छ । सदस्यमा, कुलदिप घले, धनबहादुर लिम्बू, पूर्णकुमार राई सन्तोष, चतुर राजवंशी र श्रेयासुधा दवाडी रहनुका साथै सल्लाहकार समितिमा, गोपाल कलाप्रेमी, विक्रमश्रि, रोहित पराई, अमिर राई, अशोक साम्पाङ, रविन कन्दङ्वा र अनिल फागो भएको निर्वाचन संयोजक एवम् फ्यूजनका सल्लाहकार भूपेन्द्र तिम्सिनाले जानकारी दिएका छन् ।

फ्यूजनकी संस्थापक अध्यक्ष एवम् संरक्षक सरोजा खड्गीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो
चित्रकला, मूर्तिकला, गायनकला, नृत्यकला, अभिनयकलाका साथै साहित्य समेतको समीश्रित नगरको साझा संस्थाका रुपमा फ्यूजन खडा भएको छ । उसले कला र साहित्यका तालिम सहितका मासिक गतिविधिलाई नियमित गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू