अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

बालगृहलाई हङकङबाट रु एक लाख सहयोग

बिआरटीनेपाल २०७४ भदौ १६ गते ३:२३ मा प्रकाशित

उर्लाबारी (मोरङ), १६ भदौ । मोरङको उर्लाबारी–७ स्थित नमुना बालगृहलाई हङकङबाट रु एकलाख चारहजार सहयोग प्राप्त भएको छ ।

हङकङमा रहनुभएकी उर्लाबारी–७ की अनिता सुब्बाको संयोजनमा सहयोग सङ्कलन गरेर पठाइएको सो रकम गृहकी अध्यक्ष मीनादेवी बराललाई बिहीबार जीवन बचाउ उपचार सेवा गृह, उर्लाबारीका अध्यक्ष सागर राईले हस्तान्तरण गर्नुभएको थियो ।

सुब्बासहित हङकङमा रहेका ३० जनाको समूहले गृहद्वारा सञ्चालित अक्षयकोषमा सो रकम सहयोग गर्नुभएको छ । गृहमा आश्रित बालबालिकाको जीविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले सो रकम सहयोग गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने सहयोगी सुब्बाले बताउनुभयो ।

गृृहकी अध्यक्ष बरालले हङकङबाट बालबालिकाको जीविकोपार्जनका लागि गरिएको सहयोग उदाहरणीय भएको उल्लेख गनुृभयो । उहाँले सहयोगी दाताहरुप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रूपमा साथ र सहयोगका लागि अपिल गर्नुभएको छ ।

नमुना बालगृहमा विभिन्न जिल्लाका ४३ जना बालबालिका आश्रित रहेका छन् । सो गृहका बारेमा केही दिनअघि राससबाट समाचार प्रकाशित भएपछि दाताहरुले रकम तथा खाद्यान्न सहयोग गर्दै आउनुभएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू