अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

ठुला दल नेतृत्वमा असफल भएः गच्छदार

बिआरटीनेपाल २०७४ भदौ १५ गते १८:४८ मा प्रकाशित

लहान, १५ भदौ । उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्रै तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।

फोरम सिरहाले चोहर्वामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वयन गर्ने दृढताका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।

ठुला दलकै अगुवाइमा भएका आन्दोलनबाट मुलुकमा महत्त्वपूर्ण परिवर्तन आए पनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठुला दल नेतृत्वमा असफल भएको जिकिर गर्दै उहाँले आफ्नो पार्टीले नेतृत्व गर्ने अवसर पाए मुलुकको वर्तमान सङ्कट अन्त्य हुने छ भन्नुभयो ।

सो अवसरमा पार्टीका नेता रामजनम चौधरीले मधेसी, थारु, दलित, मुसलमानलगायत उत्पीडित समुदायका लागि आफ्नो पार्टीले सङ्घर्ष गर्दै आएको बताउँदै पार्टीले गरेका काम जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विभिन्न दल परित्याग गरी फोरममा प्रवेश गरेका नवप्रवेशीलाई अध्यक्ष गच्छदारले माला र अबिर लगाएर स्वागत गर्नुभएको थियो । यसअघि आजै उपप्रधानमन्त्री गच्छदारले सिरहाको लहानमा आयोजित कार्यक्रममा पनि विभिन्न दलबाट आएका नेता कार्यकर्तालाई फोरम प्रवेश गराउनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू