अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

जोन्सन बेबी पाउडरको प्रयोगबाट डिम्बाशयको क्यान्सर भएपछि ४१ करोड ७ लाख अमेरिकी डलर क्षतिपुर्ति

बिआरटीनेपाल २०७४ भदौ १३ गते १:५३ मा प्रकाशित

अमेरिकाको लस एन्जलस स्थित क्यालिफोर्नियाकी एक महिललालाई जोन्सन एन्ड जोन्सनको बेबी पाउडरको प्रयोगका कारण डिम्बाशयको क्यान्सर भएको पुष्टी भएपछि अमेरिकी अदालतले जोन्सन एन्ड जोन्सन कम्पनीले पिडित महिलालाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ । ११ वर्षको उमेरदेखि जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर प्रयोग गर्दै आएकी क्यालिफोर्नियाकी ६३ वर्षीया इभा इचेभर्रियालाई पाउडरकै कारण डिम्बाशयको क्यानसर भएपछि अदालतले कम्पनीलाई क्षतिपुर्ती वापत सो रकम तिर्नुपर्ने आदेश दिएको हो ।

हालसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्ति बापत पाएकी इचेभर्रियाले तिघ्राको काछ वरपर सुख्खा र स्वच्छ बनाइराख्नका लागि उनी नियमित रूपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्थिन् । १९५० को दशकदेखि २०१६ सम्म सो पाउडर प्रयोग गरेकी उनलाई सन् २००७ मा डिम्बाशयको क्यान्सर पत्ता लागेपछि अदालत उनले ‘टेलकम पाउडर असामान्य रूपमा खतरनाक र दोषपूर्ण प्रकृतिको भएकै कारण आफुलाई डिम्बाशयको क्यान्सर भन्दै अदालत पुगेकी थिईन् । इचेभर्रियाको मुद्दाको सुनुवाइका क्रममा कम्पनीका कानुन व्यवसायीले अमेरिकी खाद्य तथा औषधि विभाग सहित विभिन्न वैज्ञानिक अनुसन्धानले जोन्सन एन्ड जोन्सनको उत्पादनमा खराबी नभएको पत्ता लागेको दाबी गरेका थिए ।

सन् १९७१ मा वाल्सका वैज्ञानिकहरूले पाउडरको कणहरूमा ओभरी र सर्भाकल (डिम्बा र ग्रिवा) ट्युमर हुने पत्ता लगाएपछि महिलाहरु सचेत जस्तो देखिएपनि उनिहरुले यसलाई प्रयोग गर्न छाडेका छैनन् । अघिल्लो वर्ष १६ दशमलव ५ अर्ब अमेरिकी डलरको व्यापार गरेको कम्पनीले आफ्नो उत्पादनमा चेतावनी लेखेपछि बल्ल इचेभर्रियाले जोन्सन पाउडरको प्रयोग गर्न बन्द गरेको सञ्चार माध्यमहरूलाई बताएकी छन् ।

सन् २००० मा कम्पनीले हावार्ड विश्वविद्यालयका अनुसन्धानकर्मीले पाउडर प्रयोग गर्ने ७८ हजार ६ सय ३० सहित १ लाख २१ हजार महिलामाथि गरिएको अध्ययनमा दुर्भाग्यवश ३ सय ७ मा डिम्बाशयको क्यान्सर भेटिएको समेत कम्पनीको भनाइलाई तिनले राखेका थिए । कम्पनीले भनेको छ, ‘अनुसन्धाकर्मीले आफ्नो समग्र रिपोर्टमा पाउडर प्रयोग गर्दा इपिथिलय ओभरी क्यान्सर नपाएको बताएको थियो ।’

अमेरिकामा एक हजारभन्दा बढी महिला, जो कम्पनीको बेबी पाउडर प्रयोग गर्ने गर्छन्, तीमध्ये इचेभर्रिया पनि एक थिइन् । तर, कम्पनीविरुद्ध थोरै मात्र महिला अदालत जाने गरेका छन् । यसै वर्षको मेमा मिसौरीस्थित अदालतका न्यायाधीशहरूको बेन्चले भर्जिनियाकी एक महिलालाई ११ करोड अमेरिकी डलरको क्षतिपूर्ति कम्पनीबाट भराएको थियो । अघिल्लो वर्ष पनि पनि मिसौरी अदालतले साढे ५ करोड र ७ करोड २० लाख अमेरिकी डलरको क्षतिपूर्ति तिर्न कम्पनीलाई आदेश दिएको थियो । ७ करोड २० लाख क्षतिपूर्ति पाउने महिलाको अदालती फैसला आउनुअघि नै मृत्यु भइसकेको थियो ।

यसै वर्षको मार्चमा सेन्ट लोउसस्थित अदालतका न्यायाधीशले कम्पनीविरुद्ध एक महिलाले दायर गर्न खोजेको मुद्दा अस्वीकार गरेको न्युयोर्क टाइम्सले जनाएको छ । धेरै महिलाहरूले आफ्नो तिघ्राको काछ वरपर, स्यानिटरी प्याड या कट्टुलाई सुकाउन र ताजा बनाइराख्न बेबी पाउडरको प्रयोग गर्छन् । अमेरिकी राष्ट्रिय क्यान्सर संस्थाका अनुसार अमेरिकामा १ दशमलव ३ प्रतिशतलाई डिम्बाशयको क्यान्सर रहेको छ ।

 

प्रतिक्रिया