अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

बाढीबाट ह्युस्टनको जनजीवन अस्तब्यस्त (फोटो फिचर तथा भिडियो)

बिआरटीनेपाल २०७४ भदौ १२ गते २१:०७ मा प्रकाशित

‘हरिकेन हार्भी’ पछि ह्यु्स्टनमा आएको अत्यधिक वर्षाका कारण अधिकांश सडक र मुख्य हाइवेहरु बाढीका कारण डुबानमा परेकाछन्। कैयन घर र व्यवसायहरु डुबेका छन् र जनजीवन अस्तब्यस्त भएको छ। ह्युस्टनका सडक/ वस्तीहरु सुमुद्र जस्तै लाग्दैछन् । कतिपय स्थानमा १० फिट भन्दा बढी पानी भरिएको छ । उद्धारमा देखिएको तदारुकता र छरितोपनले यति बिभत्स लाग्ने विपत्तिमा समेत धेरै मानवीय क्षति भने हुन पाएन । सयौँ साना ढुङ्गा, अग्ला ट्रकहरु र हेलिकप्टरले डुबानमा परेकाहरुलाई लगातार उद्धार गरिरहेका छन् । स्थानीय चर्च र स्कुलहरु बाढीबाट प्रभावितहरुको आश्रयस्थलमा बदलिएका छन् । 

स्कुलहरु आगामी सेप्टेम्बर ४ सम्म बन्द घोषणा गरिएका छन् । ह्युस्टन कै विलियम हबि एयरपोर्ट बुधवारसम्मका लागि बन्द भएको छ भने जर्जबुश इन्टरकन्टिनेन्टल एअरपोर्टबाट हुने सबै कमर्सियल उडान अर्को सूचना नभएसम्मका लागि रद्द भएका छन् । हजारौँ सवारी साधन र सयौँ घर र अपार्टमेण्टहरु डुबेका छन् । नेपाली समाज ह्युस्टनका सहसचिव द्रोण गौतमका अनुसार बाढीबाट दर्जनौं नेपाली परिवारहरू पनि प्रभावित भएका छन् र घर छोडेर आफन्तकोमा सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन् । नेपालीहरूको अवस्था बुझ्न अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की निरन्तर फोन सम्पर्कमा रहेको जानकारी गौतमले गराए । 

फोटो: सिएनएन लगायत यूएस सञ्चार माध्यम र सामाजिक सञ्जाल

प्रतिक्रिया