अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

न्युयोर्कमा मन्दिर बनाउन राजेश भट्टद्वारा ७५ हजार डलर र सुर्य लम्सालद्वारा ३०,३६५ डलर सहयोग

बिआरटीनेपाल २०७४ भदौ ९ गते ७:०६ मा प्रकाशित

न्युयोर्कमा दुर्गा मन्दिर तथा सामुदायिक भवन बनाउन लामो समय देखि न्यु योर्क बस्दै आएका राजेश भट्टले ७५ हजार डलर (करिब ७५ लाख नेपाली रुपैयाँ ) बराबर रकमको चन्दा सहयोग गरेका छन् । रिजउड नेपाली समाजको पहलमा न्यूयोर्कको ज्याक्शन हाईट्स स्थित सत्यनारायण मन्दिरमा भई रहेको श्रीमद् भागवत महापुराणको दोस्रो दिन सोही पुराणका संयोजक दानवीर भट्टले त्यत्रो ठुलो राशिको चन्दा दान गरेका हुन् l

संचारकर्मी सच्ची मैनालीसँग कुराकानी गर्दै भट्टले भने आवश्यक भए सहयोगको रकम अझै बढाउने छु l संचारकर्मी मैनालीले “यो सहयोग रकम प्रतिस्पर्धाको लागि हो की साच्चीकै सहयोगको लागि हो ?” भन्ने जिज्ञासा राख्दा राजेशले भने – “म न्यूयोर्कको लड्०आईल्याण्डमा बस्छु ।

हरेक सप्ताहान्तमा विद्यालय पढ्दै गरेकी मेरी छोरीको साथीहरू हाम्रो इसाई मन्दिरमा जान लागेको भन्ने गर्छन्, तर मैले वा मेरी छोरीले कहिल्यै पनि उनीहरूलाई हामी हाम्रो मन्दिरमा जान लागेको भन्न सकेनौ । मलाई सधैँ यो कुरा कुराले आत्मग्लानी भैरह्यो । त्यसैले रिजउड नेपाली समाजको पहलमा सबै नेपाली समुदायको सहभागितामा बन्न लागेको दुर्गा मन्दिर र नेपाली सामुदायिक भवनको लागि मैले मन खोलेर ७५ हजार डलर सहयोग गरेको हो । म यो सहयोग रकममा अझै थप्न सक्नेछु ।” भट्टले रिजउड नेपाली समाजले जग्गा किन्दा २५ लाख (२५ हजार डलर ) दिएका थिए l

यसै गरी दोस्रो दिन अर्का दानवीर तथा अभियन्ता सूर्यसाल लम्सालले ३०,३६५ डलर सहयोग गरेका छन् l लम्साल गैर आवासीय नेपाली सङ्घ अमेरिकाका आगामी निर्वाचनका लागि सशक्त दाबेदार महा-सचिवका उम्मेदवार पनि हुन् l

प्रतिक्रिया