अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 18:36

एनआरएनए अमेरिकाको पछिल्लो अवस्थाप्रति रबिना थापा र टिमको ध्यानाकर्षण

बिआरटीनेपाल २०७४ भदौ ५ गते १:०३ मा प्रकाशित

गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी यूएसए) को निर्वाचन २०१७-२०१९ को संघारमा पुग्दा भएको अवस्था प्रति म  रबिना थापा उपाध्यक्ष (२०१५-२०१७ कार्यकाल) र हाल अध्यक्षकी प्रत्यासी र मेरो समर्थनमा आफ्नो उम्मेदवारी दिनुहुने सबैको तर्फबाट संस्थाको पछिल्लो अवस्था र गतिरोधबारे ध्यानाकर्षण भएको छ।

पहिलो कुरा त सँस्थालाइ निर्वाचनबाट नयाँ नेतृत्व दिनको लागि भएको निर्वाचन आयोग र अन्य पक्षको सम्पूर्ण तयारी भएर निर्वाचनको अन्तिम घडिमा पुग्दा अदालतबाट निर्वाचन रोकाउने कामभयो। दोश्रो कुरा, एनसीसी बैठकमा समयमै निर्वाचन आयोगलाई दिनुपर्ने कुरा दिने र सदस्यता संबन्धी पनि टेक्सास साधारण सभाको निर्णय अनुसार जानको लागि मैले बारंबार कुरा उठाउँदा पनि सुनिएन।

अब त सुनिए अनुसार अर्को काउण्टर मुद्धा अपिल गरेर निर्वाचन नगराउने प्रयास हुँदैछ। संस्थाको नाममा यो मुद्धा-मामिलामा पुग्नु र पुर्याउनु दुवै खराब कुरा हुन्। २०० भन्दा धेरै उम्मेदवार रहेको एतीठूलो आम नेपालीको प्रतिनिधिमुलक सँस्थालाइ यसरी धरासाही बनाउनु कुनै पनि कारणले उपयुक्त देखिंदैन। हरेक सँस्थामा नेतृत्व लिने व्यक्तिको अहं भूमिका रहन्छ। तर भए आफु नभए कोही न कोही भनेर संस्थाको गति  ठप्प पारेर मनोमानी गर्नु सामान्य कुरा होइन। यो सँस्थालाइ मायाँ गर्ने व्यक्तिहरुको योगदान होइन।

निर्वाचन आयोगलाइ के आवश्यक छ सोधेर त्यो कुरा दिउँ, आफ्नो आफ्नो तर्फबाट योगदान गरौ, अबरोध नगरौं, मुद्धा फिर्ता लिउं र निर्वाचन हुन् दिउँ। निर्वाचनबाट नभागौं, रोक्ने र काउण्टर मुद्धाको नाममा सँस्था ठप्प नपारौं, निर्वाचनबाट हामी मध्य भोली जो जितेर आउँछ त्यसैलाई स्विकारौं, यो नै प्रजान्त्रन्तिक बिधि हो।

अन्तमा म अध्यक्ष पदको उम्मेदवार  रबिना थापा र मेरो समर्थनमा उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुको संयुक्त अनुरोध भनेको सबैले योगदान गरौँ, संस्थालाई माया गरौँ, मुद्धा-मामिला सबैबाट बाहिर आउँ, सँस्था अनि नेपाल र नेपालीको हितमा काम गरौं।

१. रबिना थापा – अध्यक्ष उम्मेदवार
२. गजेन्द्र अर्याल – बरिष्ठ उपाध्यक्ष उम्मेदवार
३. भुवन आचार्य – क्षेत्रीय उपाध्यक्ष उम्मेदवार
४. सुमन बुढा मगर – क्षेत्रीय उपाध्यक्ष उम्मेदवार
५. नारायण बन – क्षेत्रीय उपाध्यक्ष उम्मेदवार
६. महेश मल्ल – महासचिव उम्मेदवार
७. टेक बहादुर लामा – सचिव उम्मेदवार
८. डा प्रकाश अर्याल – कोषाध्यक्ष उम्मेदवार
९. इन्दिरा त्रिपाठि – महिला संयोजक उम्मेदवार
१०. मन मोहन वाइवा – बोर्ड अफ डाइरेक्टर उम्मेदवार
११. पुष्प लता भन्डारी-  बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१२. प्रकश शर्मा –  बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१३. भबिन्द्र शेरपुन्जा – बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१४. खेम भट्ट – बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१५. कर्ण चन्द – बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१६. सबिन्द्र थापा – बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१७. सुबर्ण पोख्रेल – बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१८. कृष्ण जि सी – बोर्ड अफ डाइरेक्टर उम्मेदवार
१९. सुशिल छेत्री – बोर्ड अफ डाइरेक्टर उम्मेदवार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू