अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली हेरिटेज सेन्टर’ बन्दै

बिआरटीनेपाल २०७४ भदौ २ गते २:४६ मा प्रकाशित

नर्थ क्यारोलिनाको ट्रायड नेपलीज् कम्यूनिटी सेन्टरले नेपाली हेरिटेज सेन्टरको निर्माणार्थ संचालन  गरेको श्रीमद् भागवत गीता महापुराण को तेस्रो दिन सम्म मा करिब एक लाख चालिस हजार डलर संकलन भएको कुरा संस्थाका निवर्तमान सभापति डा. नारायण खड्का ले बताउनु भएको छ । 

सुप्रसिद्ध वाचन प्रवीण दिनवन्धु पोख्रेलज्युको  मुखारबिन्दबाट प्रवचन भैरहेको भागवत महापुराणको कथा श्रवण गर्न हरेक दिन भक्तालुहरुको भिड लागिरहेको कुरा संस्थाकी सभापति सन्त्वोना खड्काले  बताउनु भयो ! दुइ बर्ष भित्र नेपाल हेरिटेज सेन्टर निर्माण गर्ने योजनाका साथ शुभारम्भ गरिएको महापुराण सप्ताहमा  उपस्थित दानवीर हरुको सहयोगले समुदायको सपना चाडै पुरा हुनेमा आफु विश्वस्त रहेको कुरा महापुराण मूल आयोजक समितिका संयोजक प्रशिम पौड्यालले बताउनु भयो ।

संस्थाका सस्थापक सभापति बशन्त खड्काका अनुसार  सात दिन सम्म संचालन हुने सो महापुराणमा सहभागी हुन जर्जिया , साउथ क्यारोलिना , टेनेसी लगाएतका राज्यहरुबाट  समेत नेपालीहरु आउने क्रम बढेकोले  आफ्नो सबै कामकाज छोडेर सयौ स्वयं सेवक हरु अहोरात्र खटिरहेको कुरा जानकारी गराउनु भयो । 

करिब पाँच लाख संकलन लक्ष्य रहेको सो महापुराण आगामी आइतवार समापन हुदैछ ।  महापुराणमा पण्डित दिनबन्धु पोखरेलको साथमा उहाँको ममतामयी मुमा लगाएत  योगगुरु खडानन्द सापकोटा नेपालबाट आउनु भएको छ । 

प्रतिक्रिया