अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

‘नेपाल फेशन आइडल-२०७४’ को पहिलो अडिसन सम्पन्न

बिआरटीनेपाल २०७४ साउन ३२ गते ३:४७ मा प्रकाशित

रशलाईट मिडियाले आयोजना गरेको नेपाल फेशन आइडल २०७४ को पहिलो अडिसन सम्पन्न भएको छ । फेशन आइडलमा सहभागी हुन चाहनेहरुको संख्या धेरै भएकोले भाद्र ३ गते शनिबार फेरी अडिशन हुने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । साथै कार्यक्रमको विजेतालाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर समेत प्रदान गरिने छ ।

पहिलो अडिसनमा सहभागीहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो । अडिशनको निर्णायकहरुमा कोरियोग्राफर अश्विनी झा, गायिका तथा मोडल एंव रशलाईट मिडियाकी अध्यक्ष रमिता भण्डारी, भिन्तुना इन्टरनेशनल युएसएका निर्देशक रोशन पुरी, डे«स डिजाइनर प्रतिमा महर्जन,संगीतकार तथा व्यवसायी सुरत प्रधान

रहेका थिए ।

ललितपुरको भेल्भेट लन्ज झम्सिखेलमा यो प्रतियोगिताको अडिसन हुनेछ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर आयोजना भएको यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५।५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।

नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । साथै विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ ।

यस प्रतियोगिताको कोरियोग्राफी चर्चित कोरियोग्राफर तथा ट्रेनर अश्विनी झाले गर्ने छन् । प्रतियोगिताको बारेमा थप जानकारी नेपाल फेशन आइडलको अफिसियल फेसबुक पेजमा हेर्न सकिनेछ ।

प्रतिक्रिया