अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

अमेरिकामा खुल्यो ‘नेपलिज जोडी’ डेटिङ साइट

बिआरटीनेपाल २०७४ साउन ३१ गते ५:३२ मा प्रकाशित
ब्रम्हाण्ड कै सवै  राष्ट्रमा खुलि सकेको डेटिङ्ग साइट अर्थात् जोडी “तिथि निर्धारण स्थल ” अमेरिकाका युवा नेपालीले पनि संचालनमा ल्याएका छन् l लामो समय देखि डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका प्रतिभाशाली युवाको पहलमा तिथि निर्धारण स्थल खोलेका छन् l 
बिश्व ब्यापी रुपमा अन्य देशमा पहिला देखि नै संचालनमा आएता पनि नेपालीहरुको चाहनालाई मध्य नजर गर्दै “नेपलिज जोडी” नामक नेपाली डेटिङ्ग साइट “तिथि निर्धारण स्थल ” खोलिएको संचालकले बताएका छन् l 
 यसमा प्रवेश गर्ने कसैले पनि कुनै आर्थिक कारोबार  गर्नु पर्ने छैन भने प्रारम्भिक चरणमा निशुल्क रुपमा संचालनमा आएको छ l कुनै पनि जोडी र १८ बर्ष भन्दा माथिका कुनै पनि उमेरका एकल या जोडी यसमा प्रवेश गर्न सक्ने छन् l जीवन भरका लागि  विवाह सम्बन्ध स्थापित गराउने मुख्य उद्देश्यले खोलिएको संचालकले जनाएका छन् l 
 
विश्व ब्यापी रुपमा नेपाली समुदायको विस्तार संगै यो उपयोगी हुने कुरामा संचालकहरु बिश्वस्त रहेको जनाएका छन् l अहिले नै विवाह गाठोमा बाधिन आफन्त ,साथीभाई आदि ईत्यादी बाट मात्र जोडी बनिने भएता पनि अब सवै जना विदेशिने क्रम तिब्र रुपमा बढेकोले हामीले संचालनमा ल्याएको “नेपलिज जोडी” ले प्रभावकारी रुपमा काम गर्ने कुरामा विश्वस्त रहेको बताएका छन् l 
 
नेपाली समुदाय कै दायरा भित्र रहेर सोहि अनुरुप निर्माण गरिएको छ l व्यस्त जीवनमा समय बिताएकाहरुका लागि यो एक साझा चौतारीको रुपमा हुने छ भनि संचालकले दाबि गरेका छन् l 
 
अन्य यस्ता प्रकारका तिथि निर्धारण स्थल ” मार्फत विवाह वन्धनमा बाधिएकाहरुको सम्बन्ध स्थाई तथा लामो सम्म टिकेको हुनाले नेपालीहरुको पनि अझ सम्बन्ध दिर्घायु हुने छ भन्ने हामीलाई लागेको संचालनकर्ताले बताएका छन् l 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू