अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

अवधि पत्रकार र रामलिला समितिले नेपालगन्जका बाढी पीडितका लागि राहत संकलन गर्दै

बिआरटीनेपाल २०७४ साउन ३० गते २२:२६ मा प्रकाशित

बाढि पीडितहरुका लागि नेपालगन्जमा राहत संकलन सुरु गरिएको छ । रामलिला संचालक समिति र अवधि पत्रकार संघ नेपालको सयुक्त आयोजनामा सोमवार देखि बाढि पीडितहरुका लागि राहत संकलन सूरु गरिएको हो ।

बाँकेमा राप्ती नदिले राप्ती आसपासका दुई दर्जन बढि गाउँ डुवान तथा मानविय क्षति समेत पु¥याएको छ । बाढीका कारण बस्ने ठाउँ तथा खाना लाउन समेत समस्या परेको हुनाले यसलाई सहजताका लागि राहत संकलनमा जुटेको राम लिला संचालक समितिका उपाध्यक्ष सन्तोष कनोडियाले बताए ।

सोमवारबाट राहत संकलन सुरु ग¥यो एक दिनमै १५ हजार संकलन भएको समितिका सदस्य रमेश चन्द प्रजापतिले बताए । दुख परेको बेला बाढिपिडितका लागि समितिले सहयोग गर्न समेत अपिल गरेको छ ।

सहयोग गर्न चाहने इच्छुक व्यक्तिले रमेश चन्द प्रजापतिको सम्पर्क नं. ९८५८०२९४११, प्रवन्धक भरत किशोर बैश्य ९८१९५८९३५२, अवधि पत्रकार संघका सचिव दिनेश ठाकुर ९८१६५९९१२२ लाई  सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू