अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

बोस्टन सप्ताहमा अत्याधिक उपस्थितीले १ दिन थपियो, छैटौं दिनसम्म १० लाख उठ्यो

बिआरटीनेपाल २०७४ साउन २८ गते ५:१९ मा प्रकाशित

अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बुद्द स्तुपा सहित नेपाली कम्युनिटि सेन्टर बनाऊन पशुपतिनाथ बुद्द फाऊण्डेशन सप्ताहा मुल आयोजक समिति व्दारा आयोजित  “  बोष्टन सप्ताहा २०१७ “ को आज छ दिन सम्ममा १० लाख पच्चिस हजार डलर सँकलन भएको छ ।त्यसैगरि सोच्दै नसोचेको अत्यधिक नेपाली भिड बढन थालेपछि धेरैको सुझाब अनुरुप आयोजकले सप्ताहलाई एक दिन लम्ब्याएका छन । भोलि हुने भनिएको समापन पर्सि हुने भएको छ ।

सप्ताहमय भएको बोष्टनमा नेपालमय सप्ताह भइरहेछ यतिबेला ।नेपालमा जस्तै भिडमभिड सप्ताह देख्न पाइएको छ बोष्टनमा । बोष्टन वरपर र आसपासका राज्यबाट हुलका हुल नेपालीहरु अचम्मै सग कथा सुन्न आइरहेछन सकेको दान गरिरहेछन । भोलि मध्यान्ह ११ बटुकको सामुहिक ब्रतबन्ध, र छोरीहरुको गुन्युचोली पश्चात नियमित भागवत सप्ताह हुने र बेलुका रातभर जाग्राम भजन किर्तन सहित पर्सि अगष्ट १३, आइतबार मात्र अफिसियल क्लोजिङ, पुर्णाहुति, तथा सात दिन बैदिक बिधि व्दारा पुजा गरिएका १००८ कलश बितरण गर्ने जनाइएको छ ।

कलश यात्रा, भागबत पुराण कथा बाचन, लाख बत्ति, बज्रयान गुरुजु पुजा, सामुहिक ब्रतबन्ध, रुद्री पाठ, गुन्यू चोलो, बौद्ध तथा किरात धर्म शिक्षा, लामा पाठ, तुलादान, अखण्ड ध्यान , ब्रत समापन समेतका अनुष्ठान समाबेश गरिएको सप्ताहब्यापी श्रीमद्भागबत सप्ताहा महायज्ञ तथा बृहद आध्यात्मिक महोत्सव “ बोष्टन सप्ताह २०१७” अन्य सप्ताह भन्दा पृथक देखिएको छ किनभने यहा सबै ओमकार मान्ने नेपालीहरुलाई समेटिएको छ बौद्द धर्म का गुरु , किरात राई गुरु तथा नेवारी गुरुको पनि यहा एक एक दिन प्रबचन कार्यक्रम राखियो । यसरि नेपाली मानव मिलन र नेपाली एकताको सप्ताहा को रुपमा सप्ताहलाई अगाडी बढाइएको छ । भागबत सप्ताह भने प्रमुख बाचक तथा बाचनप्रविण दिनबन्धु पोखरेल ले साँगेतिक लयका साथ भक्तजनलाई नचाऊदै  अगाडी बढाइरहनुभएको छ  ।  

बिदेश भएपनि नेपाली धर्म सँस्कृति परम्पराको सँरक्षण गर्दै नेपाली पहिचानमा बाच्न चाहनेको लागि , ओमकार र हिन्दु धर्म प्रति आस्थाबान सबै नेपालीभाषिको लागि  भागवत सप्ताह ज्ञान महायज्ञ निकै महत्बपुर्ण महायज्ञ भएकाले सप्ताहमा आऊनेको भिड बढिरहेको छ । फेरि यहाको नेपाली कम्युनिटिले सबै नेपाली समेटिएको पशुपतिनाथ बुद्द फाऊण्डेशन मार्फत सप्ताह आयोजना गरेकाले कम्तिमा पनि एक पटक सप्ताहमा जाने र सकेको दान गर्ने सोच सबै नेपालीको भएको छ यद्धपि करिब ५ हजार नेपाली सहभागी भैसकेको र  करिब ४०० \५०० जनाले मात्र दान गरेको स्थिति भएकोले पबित्र कामको लागि कुनै पनि नेपाली नछुटन र सकेको रकम दान गर्न आयोजक समितिले सबै नेपालिलाई बिशेष आव्हान गरेको  छ ।  

बोष्टन सप्ताह को पहिलो दिन मेटफोर्ड सिटि स्थित मिष्टिक भ्याली पार्क वे को बिशाल पार्क मा भब्य र सभ्य १००८ कलश यात्रा सहित शिवालय मन्दिर को दुर्गा हलमा सँचालन भएको सप्ताह ज्ञान महायज्ञमा ग्रेटर बोष्टनका सम्पुर्ण नेपालीहरु, १००८ मुल आयोजक समिति , बिभिन्न समिति, ऊपसमिति, टाक्स फोर्स, सचिवालय , आदीमा सम्मिलित भै  बिभिन्न काम को जिम्मेवारी लिदै बिगत तिन महिना देखि तैयारीमा जुटेका हुन । सकेसम्म सप्ताहको अपरेटिङ कष्ट समेत आफुहरुले शुरुमै चन्दा मार्फत ऊठाएका छन । बिभिन्न समाजसेबी पौरखि नेपालीहरुले बिभिन्न सहयोग सौजन्य गरिरहनुभएको छ ।

सप्ताहमा कुनै चिज अभाव नहुन मुल आयोजक समिति अहोरात्र खटिरहेको छ मिटिङ गरिरहेको छ । सप्ताहमा खानको ब्यबस्था, प्रसादको ब्यबस्था, सटल बसको ब्यबस्था, पार्किङको ब्यबस्था मा बिशेष ध्यान दिइएको छ । अब भोलि शनिबार हुने बिशेष कार्यक्रम भोलि रातको जाग्राम कार्यक्रम र पर्सि आइतबार हुने समापन कार्यक्रमलाई मध्यनजर गरि मुल आयोजक समितिले बिशेष तयारीमा जुटेको भोलि बिहानै बिशेष मिटिङ आव्हान गरेको छ ।साथै सबै सहभागीहरुलाई आफुहरुले दान गरेको रकम यसbostonsaptaha.org/donation बेबसाईडमा हेर्न र त्यस्तो  केहि फरक भएमा आफुहरुलाई खबर गर्न अनुरोध गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू