अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

एनआरएन चीनको अध्यक्ष पदमामा नबिन बिक नलड्ने ,प्रदीप न्यौपानेलाई समर्थन गर्ने 

बिआरटीनेपाल २०७४ साउन २८ गते ४:३८ मा प्रकाशित
संस्थाको लागी नबिनको बलिदान
चीनको अध्यक्ष मा प्रदीपको शान
 
 
अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) मा नविन बिक जाने 
 
एनआरए को बिश्व सम्मेलन नजिकदै गर्दा संसार भरका देशमा एनआरए  को नया नेतृत्व चयनको लागी ब्यापक चुनाबी माहोल बनेको छ। यसै गरी संसारकै ठुलो भौगोलिक बनावट र अर्थतन्त्रको देश चीनमा पनि चुनाबी माहोल हुनु स्वाभाविक नै हो, त्यसैले आगामी अगस्ट २६ तारिखको दिन चीनको गोनजाउ शहरमा पनि चुनाबको मिती तोकिएको छ।
 
चुनाबको मिति भन्दा धेरै पहिला देखिनै अध्यक्ष पदका प्रबल दावेदार तथा बर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष नबिन बिक ले पनि प्रदीप न्यौपानेलाई समर्थन गरेका छन। बिक भन्छन,अहिले संसार भर नै पदकै लागी  झै झगडा,गुट उपगुट बनाएर संस्थालाई नै जीर्ण र शिथिल बनाउने काम भएको छ। त्यसैले हामीले ब्यक्तिगत स्वार्थ भन्दा पनि संस्थाको हितको लागी सोच्न र निर्णय लिन सक्नु पर्छ,संस्था स्वच्छ र बलियों भए नै समाजलाई संस्थाले योगदान दिन सक्छ, त्यसैले पदकै लागी भनेर संस्थालाई कमजोर बनाउनु हुदैन, हाम्रो अलिकति बलिदान ले संस्था र समाजलाई फाईदा हुन्छ भने किन नगर्ने ? 
 
हामीले संस्था बाट लिने भन्दा पनि दिने बानिको बिकास गर्नुपर्छ। बिक संस्थापन कालदेखी एन आर एन मा लागेका लामो र राम्रो अनुभब सम्हालेका ब्यक्तित्व हुन , उनले २ कार्यकाल कोषाध्यक्ष र २ कार्यकाल उपाध्यक्षमा रहेर कामगरी सकेको अनुभब छ र अन्तराष्ट्रीय समुदायमा उनको ब्यापक राम्रो सुढृद संजाल भएको हुदा , भोली संस्थालाई अगाडी बढाउनलाई , संस्थालाई सुढृद बलियो र सक्षम बनाउनलाई राष्ट्रीय र अन्तराष्ट्रीय समिति को बिचमा पुलको भुमिका खेलेर अन्तराष्ट्रिय केन्द्रीय सदस्यको पदमा रही सहयोग गर्न न्यौपाने ले अनुरोध गरेका थिए। न्यौपाने ले बिक ले उठाएका चुनाबका एजेण्डाहरुलाई पनि सम्बोधन गरेर अघिबढने आश्वासन दिए पछि संस्थाको हितको लागी आफ्नो अध्यक्ष पदको दावा छाडी अन्तराष्ट्रीय केन्द्रीय सदस्य जान तयार भएको बताए। जुन पदिय हिसाबले राष्ट्रीय समिति अध्यक्ष को पदभन्दा माथी हुन्छ।
 
जित्ने आधार के के हुन?
 
 नबिन  भन्छन , हामी संस्था को लागी १ दशक देखी निस्वार्थ भावनाले यही समाजमा लागेका ब्यक्ती हौ, हामीले बिदेशी रोजगारको सिलसिलामा आएर अलपत्र परेका , गोनजाउमा आएर बिरामी परेका, प्रवेश आज्ञा भन्दा ज्यादा म्याद नाघेका लगाएत नेपालीहरुलाई धेरै सहयोग गरेका छौ, नेपालको बृद्द आश्रम , बिद्यालय तथा भुकम्प पिडीत हरुलाई समेत राहत प्रदान गरेको राम्रो अनुभब छ, सबै भन्दा मुख्यकुरा गोन्जाउका ८०% प्रतिशत जनसमुदायले पुर्ण रुपमा हामीलाई नै समर्थन दिएको अवस्था छ, भुपु अधक्ष्यहरु ,सल्लाहकार र पुराना कार्यसमिति तथा बर्तमान कार्यसमीतीका सम्पुर्ण साथीहरुले नै प्रदीप न्यौपानेको समर्थन  गरेका छन, प्रदीप न्यौपाने भनेको आजको चीनको नेपाली समुदायको आवाज हुन। त्यसैले पनि हामीले जित्ने मा हामी बिश्वस्त छौ किनकी जहाँ पनि सत्यकै जीत हुन्छ ।
 
 को हुन प्रदीप न्यौपाने ?
 
नुवाकोट मा जन्मीएका प्रदीप अहिले काठमाडौका पनि स्थायी बासिन्दा  हुन र ब्यापार को शिलशिलामा १५ बर्ष पहिला चीनको गोनजाउ आई पुगेका हुन।उनले तयारी पोशाक, जुत्ता, भवन सामग्री  फर्निचर लगाएत का सामानहरु नेपाल भारत लगायत बिभिन्न देशमा निर्यात गर्छन । उनले २००९ देखि कार्यकारी सदस्यमा  बसि संस्थामा सेवा दिन सुरु  गरेका थिए l  सचीब जस्तो गरिमामय पदमा बसेर दुई कार्यकाल संस्था चलाएको गतिलो अनुभब उनि संग छ। उनले नेपाल देखि चीनको बिभिन्न क्षेत्रमा  पनि ब्यक्तीगत वा संस्थागत रुपमा पनि धेरै समाज सेवा गरेका छन । 
 
आज भन्दा दुई बर्ष पहिला नेपालमा गएको महाबिनाशक भुकम्पको बेलामा चीनले १.५ करोड सहयोग गरेको थियो जसमध्यो ५४ लाख रुपैया प्रदीपले मात्रै फुजीयन प्रान्त बाट उठाएका थिए । न्यौपाने स्वच्छ छबि, सबै संग मिल्न सक्ने र सहयोगको भावनाले ओतप्रोत भएका व्यक्तित्व भएका युवाको रुपमा चीनमा परिचित छन ।
    
अन्त्यमा नबिन बिक ले हाम्रालाई भन्दा राम्रा लाई संस्थामा ल्याउन लागेको मुहिम लाई पुर्ण सहयोग को लागी आफ्ना समर्थक तथा सम्पुर्ण चीनबासि जनसमुदाय मा अनुरोध तथा प्रदीप न्यौपानेलाई अध्यक्ष पदको लागी र आफुलाई आईसीसी मा सबैले भोट हाली आफ्नो पुरा समुहलाई नै अत्यधिक बहुमतले बिजय गराउन अनुरोध गरेका छन ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू