अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

दमकका खोला ढलमा परिणत हुँदै

बिआरटीनेपाल २०७४ साउन २६ गते ३:५० मा प्रकाशित

प्रकृति प्रद्धत्त हरेक बस्तुहरुको सहि सदुपयोग र संरक्षण गर्न सके यसले मानब सभ्याताको विकाशमा मद्धत गरिरहेको हुन्छ । तर यस्ता प्रकृतिका उपहारहरुलाई मानबले अब्यवहारिक रुपमा आफ्नो नियन्त्रणमा निले प्रयास गरर्यो भने यसले विनाश पनि निम्त्याउन सक्छ । प्राकृतिक सभ्यतालाई कुल्चिएर आधुनिक समृद्ध समाजको परिकल्पनाले सभ्य समाजको परिचय दिन सक्दैन । यो तपाईले देख्नुभएको दृष्य दमकको मुख्य बजारको विच भाग भएर बग्ने दिपेनी खोलाको हो । केहि वर्ष अघिसम्म पनि यो खोला निकै फराकिलो र सफा भएर बग्ने गर्दथियो । तर जब जब दमकमा मानिसहरुको चहल पहल बढदै गयो अनि बजार विस्तारहुने क्रम संगै बढेको शहरी करणले अहिले यो खोलाको अबस्था निकै दयनिय र काहालि लाग्दो बन्दै गएको छ । केहि वर्ष अघिसम्म पनि यो खोलामा गर्मिको समयमा नुहाउने लुगाधुने र पौडिले खेल्ने मानिसहरुको हुल प्रशस्त देख्न र भेटन सकिन्थ्यो । तर अहिले यो खोलाको अवस्था अकल्पनिय रुपमा परिर्बतन भइसकेको छ ।

खोलाका किनार मानब बस्तिले ढाकिएको छ । खोलालाई सागुरो बनाएर च्यापिएको छ । अनि आसपासका बस्तिहरुले घर घरमा विर्सजन गरेको फोहोरलाई सिधै खोलामा मिसाइएको छ । कुरा दमक नगर पालिका भित्रका खोला खोल्साहरुको हो । अहिले दिपेनी खोलाले मात्र यो सास्ती भागिरेको पनि होइन । दिपेनी जस्तै दमक भित्र रहेका अन्य खोला खोल्साहरुको पनि अवस्था उस्तै छ । दमकको मुख्य बजार पुर्वमा रहेको यो अर्को खोल्साको अवस्था त झनै भनि साध्यको छैन । नगर पालिकाले निर्माण गरेका ढलहरुको अन्तिम विर्सजन पनि यिनै खोला खोल्सा हरुमा गरिएको छ । नगर क्षेत्रभित्रका खोला खोल्साहरुको यो दुर्गतिहुदा सम्म यस्ता सार्बजानिक स्थलहरुको नगरपालिकाले नत क्षेत्र निर्धारण नै गर्न सकेको छ नत खोला सफा राख्न । तर नगर पालिकाले अब यो समस्याको दिगो समाधान खोज्ने भएको छ । अब चाँडैनै सम्बन्धित ससोकारवाला र प्राविधिहरु सहितको टोलीले यो समस्याको समाधानका उपाय खोजीगर्ने दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले बताउनु भयो । 

हुनत यो समस्या दमकको मात्र पनि हैन । अहिले यो रोगले सिंगो मुलुकलाई नै सताइ रहेको छ । भयावह बन्दै गएको यो समस्याको अहिले सम्म पनि कहि कतैबाट भरपर्दो विकल्प खोजेको पाईदैन । आफु र आफनो स्वार्थकालागिमात्र ठानिएका यि प्राकृतिक सम्पदाहरुलाई बचाउने दायित्व स्वयम नगरवासिको नै हो । भोलिका भावि सन्ततीहरुकालागि पनि यस्ता पम्पदाहरुको तेतिकै आवश्यक छ । त्यसैले यसको संरक्षण र प्रर्बधनमा ध्यान दिन आवश्यक देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू