अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

टेक्सासमा एनआरएन अमेरीकाका अध्यक्ष प्रत्यासिहरुको बहस कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ साउन २२ गते ४:३२ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको निर्वाचन नजिकिँदै गर्दा अध्यक्षका प्रत्यासीहरु बिचको बहसलाई पनि चासोको रुपमा हेरिएको छ । यसै क्रममा शनिवार टेक्सासको डालसमा भएको बहस कार्यक्रममा अध्यक्ष्य पदका उमेद्वारहरुले आफ्ना भावी योजना र एजेण्डाबारे प्रकाश पारेका छन् ।

नेपाली समाज टेक्सास, भिजन फर नेपाल तथा हिमालयको संयुक्त आयोजनामा टेक्सासमा सम्पन्न बहस कार्यक्रममा  बर्तमान अध्यक्ष तथा अध्यक्षका प्रत्यासी डा. केशव पौडेल सहित बर्तमान बरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी कृष्ण पोखरेल र बर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रामसिं पोखरेल सहभागी कार्यक्रममा भावी एजेण्डा, बर्तमान बिबाद र सबै नेपालीहरुको साझा संस्था बनाउन गर्नुपर्ने पहलका बारेमा बिचार ब्यक्त गरेका थिए ।
अध्यक्षका पदका तीन जना प्रत्यासीहरुले मात्र भाग लिएको कार्यक्रममा गौरी जोशीको उम्मेद्धारी बदर भएको तथा रबिना थापा प्रचारप्रसारका क्रममा न्युयोर्कमा रहेकोले बहस कार्यक्रकमा उपस्थित हुन नसकेको जानकारी आयोजकले लिएका थिए ।

बहसमा एनआरएन अमेरीकाको आसन्न निर्वाचनमा बिभिन्न पदका उम्मेद्धार सहित डालसका स्थानीय नेपालीहरुको सहभागीता रहेको थियो ।
भिजन फर नेपालका कृष्ण शर्मा र वरिष्ठ पत्रकार तारा बरालले सहजीकरण गरेको बहस नेपाली समाज टेक्सासको सभाहलमा सम्पन्न भएको हो । यही ११ र १२ तारिखमा अनलाइन मार्फत एनआरएन अमेरीकाको निर्वाचन हुदैछ ।

 

प्रतिक्रिया