अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

वोस्टन सप्ताह सबैको मिलनस्थल हुन्छ पं पोखरेल

बिआरटीनेपाल २०७४ साउन १८ गते १४:३१ मा प्रकाशित

वोस्टन, जुलाई ३१ । वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले वोस्टन सप्ताहले विभेदीकरणको समूल अन्त गर्दै ओमकार परिवारका सबैजनाको मिलनस्थल बनाउने बताउनुभएको छ ।

वोस्टन सप्ताहको पूर्व सन्ध्यामा सोमवार साँझ आयोजित उहाँसँगको साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले छरिएर रहेका विचार, वर्ग र जातिलाई एकैठाउँमा ल्याउन यो सप्ताहले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यसको विशेष महत्त्व रहेको छ भन्दै यो मेरो हो र यो भावी पीढीका लागि हो भन्ने भावनाले काम गरेको खण्डमा यो सफल हुन्छ भन्नुभयो । उहाँले सामाजिक समृद्धिका लागि युवाहरूलाई पनि अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्दै विज्ञान र अध्यात्मवादको फ्युजन गराउनमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । पं पोखरेलले वोस्टनवासीसमक्ष अनुरोध गर्दै भन्नुभयो यो मेरो घरको यज्ञ हो, यसैले सप्ताहमा जानुपर्छ, सहभागी हुनुपर्छ भन्ने चेतना र भावना सबैमा आउन जरुरी छ ।
उहाँले सप्ताहलाई सबैलाई अपनत्व हुने किसिमको बनाउने विचार व्यक्त गर्दै यसमा नचाउने, हँसाउने र बचाउने आफ्नो मौलिक लय पनि प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

वोस्टन सप्ताह आगामी आइतबार वोस्टनमा सुरु हुँदैछ । सप्ताहका प्रमुख वाचकका रूपमा सहभागी हुन उहाँ आफ्नी जननीका साथ आजै वोस्टन आउनुभएको हो ।

सो अवसरमा संस्कृतका विद्धान तेजप्रकाश काफ्लेले पं पोखरेलले नेपालमा गरेको सामाजिक योगदानका बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा सप्ताह मूल आयोजक समितिका संयोजक सुशील पौडेल, महासचिव पुष्कर न्यौपाने, कोषाध्यक्ष रञ्जन थापा, प्याव्फोनका अध्यक्ष विष्णुमणि आचार्य लगायतले सप्ताहको प्रगति विवरण एवं यससँग जोडिएका विभिन्न विषयमा आफ्नो भनाइ राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू