अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

शिव परियारको कन्सर्ट पहिलो पटक अमेरिकामा

बिआरटीनेपाल २०७४ साउन १६ गते १९:५९ मा प्रकाशित

शिव परियार सङ्गीत पारखीहरूको लागि नौलो नाम होइन आधुनिक पुस्ता देखि सुगम सङ्गीतलाई मन पराउने कुनै पनि वर्गको लागि शिव सबैलाई मन पर्ने गाएक हुन् । गीत सङ्गीतको विधालाई गहिरो अधॆन गरी सकेका शिव पछिल्लो समयमा निक्कै चर्चित नाम हो उनले गएका दर्जनौ गीतहरू निक्कै हिट भएका छन् । उनै हिट गाएक शिवको कन्सर्ट पहिलो पटक अमेरिकामा हुन लागेको हो । सान फ्रान्सिस्को सहर क्यालिफोर्नियामा पहिलो पटक स्टेज तताउन मेसो भने स्थानीय आयोजक नेपाल प्रडक्सन हाउसले गरेको छ । उक्त कार्यक्रम शनिवार अगस्त १२ साझं ६ बजे Michaan Theater 2700 Saratoga St, Alameda, California 94501 मा हुन लागिरहेको कुरा कर्यक्रमका संयोजक कौशल राना र ध्रुब कुँवरले बिआरटी नेपाललाई जानकारी गराउनु भयो ।

शिवलाई साथ दिन नाईका रेजिना उप्रेती, चर्चित मोडेल पार्वती राई र चर्चित मोडेल शङ्कर बि सी पनि अमेरिका आउने भएका छन् आफैमा चर्चामा रहेका कलाकारहरुलाई पहिलो पटक अमेरिकामा पस्कन पाउँदा निक्कै खुसी लागेको कुरा आयोजक कौशल रानाले जानकारी गराउनु गर्नु भयो ।

उल्लेख्य मात्रामा दर्शकहरुको उपस्थिति हुने आनुमन गरिएको सो कार्येक्रममा इस्थानिय कलाकारहरूको पनि प्रस्तुति हुने भएको छ । नेपाली रेस्टुरेन्टको मिठो परिकारको साथमा अन्त्यमा डिजे एस बाबु लेपनि सबैलाई नचाउने छन् । नेपाली कार्यक्रमहरूको महत्तोलाई बुझेर बे एरियाका सङ्घ संस्था व्यक्ति विशेष सबैलाई कार्यक्रममा आफूले सक्ने ठाउँबाट सहयोग गरिदिनु हुन आयोजकहरुले आनुरोध पनि गर्नु भएको छ ।

प्रतिक्रिया